मोजतबा खामेनीको मृत्यु चाहदिन- ट्रम्प

 

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेतासँग मोजतबा खामेनीको मृत्यु आफूले नचाहेको बताएका छन् । फ्लोरिडामा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले मोजतबा जीवित छन् कि छैनन् भन्ने आफूलाई थाहा नभएको पनि उल्लेख गर्दै आफुले मोजतबाको मृत्यु नचाहेको बताएका हुन् ।

उनले इरानमा सत्तापरिवर्तन सम्भव रहेको संकेत गर्दै यस विषयमा एक विशेष व्यक्तिसँग संवाद भइरहेको बताए । ट्रम्पका अनुसार अमेरिका इरानमा नयाँ राजनीतिक व्यवस्थाका विकल्पहरूबारे काम गरिरहेको छ । उनले नयाँ नेतृत्व ल्याउने वा संयुक्त नेतृत्वको मोडल अपनाउने विकल्पबारे पनि चर्चा भइरहेको बताएका छन्।

उनले इरान वार्ताका लागि तयार रहेको दाबी गर्दै केही दिनमै सम्झौता हुन सक्ने समेत दाबी गरेका छन् । सम्भावित सहमतिअनुसार होर्मुज जलडमरु संयुक्त रूपमा सञ्चालन गर्ने र इरानको प्रशोधित युरेनियम अमेरिकाले नियन्त्रणमा लिने प्रस्तावसमेत अघि सारिएको उनले बताएका छन् ।

यद्यपि, पछि उनले आफ्नो भनाइ सच्याउँदै इरानका एक अधिकारीसँग मात्रै संवाद भइरहेको स्पष्ट पारे । उनले इरानलाई पूर्ण रूपमा ध्वस्त पार्नु क्षेत्रीय स्थायित्वका लागि उचित नहुने पनि बताए ।

यसैबीच ट्रम्पको अघिल्लो कडा अभिव्यक्तिपछि वार्तातर्फको झुकावका विभिन्न कारणहरू पनि सार्वजनिक भएका छन् । अमेरिकी सैन्य खर्चको दबाब, इरानद्वारा गरिएको आक्रमण, अन्तर्राष्ट्रिय समर्थनको कमी, ऊर्जा संकट, विश्व बजारमा असर तथा आन्तरिक राजनीतिक दबाबलाई यसको प्रमुख कारणका रूपमा हेरिएको छ ।

यसैबीच इरानले भने ट्रम्पका सबै दाबिलाई खारेज गरेको छ । इरानको विदेश मन्त्रालयले भने कुनै किसिमको वार्ता नभएको र ट्रम्पले तेलको मुल्य घटाउन झुटो बोलेको आरोप लगाएको छ ।

#Trump #MojtabaKhamenei #Iran #USAIranRelations #TrumpOnIran #PoliticalUpdate #ArghakhanchiCom #ArghakhanchiHD

Nepal life insuranceimagesimagesimages