बालेनको प्रधानमन्त्रीको शपथका लागि निकालियो शुभ साइत

 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले शुक्रबार प्रधानमन्त्रीको शपथ लिने तयारी शुरु भएको छ ।

बालेन शाहले चैत्र १३ गते दिउँसो १२: ३४ बजे प्रधानमन्त्रीको रूपमा शपथ लिने शुभ साइत निकालिएको छ । शपथपछि उनी दिउँसो २: १५ बजे सिंहदरबार जाने कार्यक्रम तय गरिएको छ । बालेनको शपथ कार्यक्रममा ७ वटा शंखबाट शंखनाथ, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १०८ जना बौद्ध भिक्षुबाट शुभ मंगलपाठ गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

त्यसअघि विहिबार सांसदहरुले शपथ लिएपछि रास्वपाले बालेन शाहलाई संसदीय दलको नेता चयन गर्ने समेत तयारी गरेको छ ।

#BalenShah #Raswapa #NewPM #OathTaking #Chaitra13 #NepalPolitics #ArghakhanchiCom #ArghakhanchiComHD

Nepal life insuranceimagesimagesimages