

काठमाडौँ । आज विश्व रङ्गमञ्च दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस बर्षको रङ्गमञ्च दिवसको नारा ‘विश्वव्यापी मञ्च र प्रदर्शनको शक्तिको सम्मान’ भन्ने रहेको छ ।
सन् १९६१ मा अन्तर्राष्ट्रिय रङ्गमञ्च इन्स्चिच्युटको अवधारणाअनुसार हरेक वर्षको मार्च २७ तारिखमा विश्व रङ्गमञ्च दिवस मनाउने गरिएको छ ।

नेपालमा पनि रङ्गकर्मीहरुले नाटक प्रस्तुतिसहितका कार्यक्रम गरेर दिवस मनाउने गरेका छन् । केही वर्षदेखि नेपालमा रङ्गमञ्चको आकर्षण बढ्दै गएको छ । सन् १९६२ मा पहिलो विश्व रङ्गमञ्च दिवसको सन्देश फ्रान्सका प्रसिद्ध नाटकार जेन ककटेउले लेखेका थिए । केही वर्षयता नेपालमा रङ्गमञ्चप्रति आकर्षण बढ्दै गएको पाइएको छ ।
#WorldTheatreDay #TheatreDay #NepaliTheatre #StageArt #ArghakhanchiCOM #ArghakhanchiDOTCOM #ArghakhanchiCOMHD



