

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निजामती सेवामा पार्टीको कुनै पनि प्रकारको आबद्धता वा समर्थन नरहेको स्पष्ट गरेको छ ।

पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले शुक्रबार विज्ञप्ति जारी गर्दै पार्टीले स्थापनाकालदेखि नै सार्वजनिक प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त, व्यावसायिक र जनउत्तरदायी बनाउने नीति लिएको उल्लेख गर्दै पछिल्लो समय निजामती सेवाभित्र विभिन्न समूह वा अभियान सञ्चालन गरी पार्टी र नेतृत्वको नाम जोडेर भ्रम सिर्जना गर्ने प्रयास भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

उनले हालै सम्पन्न आम निर्वाचनमा पनि निजामती सेवाको सुदृढीकरणका लागि प्रतिबद्धता व्यक्त गरिएको बुर्लाकोटीले उल्लेख गरेका छन् ।
उनले रास्वपाले यस्ता कुनै पनि समूह, अभियान वा युनियन शैलीका संयन्त्रहरूसँग आफ्नो कुनै सम्बन्ध, समर्थन वा संलग्नता नरहेको स्पष्ट गरेका छन् ।
पार्टीले कर्मचारीहरूको मुख्य धर्म जनसेवा र पहिचान व्यावसायिकता हुनुपर्ने बताउँदै कुनै पनि राजनीतिक दलको प्रभावमा नपर्न आग्रह गर्दै प्रशासनलाई मेरिटोक्रेसीका आधारमा सञ्चालन गर्नुपर्ने र कर्मचारीहरू राज्य र जनताप्रति मात्र उत्तरदायी हुनुपर्नेमा जोड दिएको छ ।
रास्वपाले विगतमा जस्तै दलीय प्रभाव, डर-त्रास र शक्ति केन्द्रको आडमा काम गर्ने संस्कृतिको अन्त्य हुनुपर्ने उल्लेख गर्दै सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई तटस्थ, निष्पक्ष र जिम्मेवार भई जनसेवामा समर्पित हुन अपिल गरेको छ ।
#RSP #CivilService #NoPolitics #Neutrality #NepalPolitics #Breaking #NepalNews #Update #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



