

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले ओली र लेखकको पक्राउले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिएको टिप्पणी गरेका छन् ।
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउ पछि टिप्पणी गर्दै नेता बस्नेतले एमालेले आजदेखि प्रदर्शन गर्ने बताएका छन् ।
उनले भनेका छन्- ‘प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौं ।’

साथै नेता बस्नेतले सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा दुःख लागेको बताएका छन् ।
पछिल्ला घटनाक्रमहरूले देशको राजनीतिक अवस्थाप्रति चिन्ता बढाएको बताउदै सचिव बस्नेतले बालेन सरकारद्वारा सुदन उरुङ्गजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको छ। यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिएको बताएका छन् ।
#MaheshBasnet #UML #Protest #Politics #KPOli #RameshLekhak #Arrest #NepalPolitics #Breaking #NepalNews #Update #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



