ओली पक्राउको विरोधमा देशभर सडकमा उत्रियो एमाले

 

काठामाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा एमालेका नेता कार्यकर्ताले काठमाडौँसहित देशका विभन्न जिल्लामा प्रदर्शन शुरु गरेका छन् ।

काठमाडौँको माइतीघर, भृकुटीमण्डपमा प्रदर्शन गरेका छन् भने झापा, बिराटनगर, बाजुरासहितका विभिन्न जिल्लामा प्रदर्शन भएका छन् ।

प्रर्दशनमा केपी ओलीलाई तुरुन्त रिहाई गर, बालेन सरकार मुर्दावाद लगायत नाराहरु लगाएका छन् ।

काठमाडौँको माइतीघरमा एमालेका २३ जनसंगठनहरूले एकीकृत रुपमा माइतीघरमा गरेको प्रदर्शनमा तनाव भएको छ । प्रदर्शनकारीहरू निषेधाज्ञा तोडेर नयाँ बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले धरपकड सुरु गरेको छ ।

शनिबार बिहान पक्राउ परेका ओली हाल त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

#CPNUML #KPSharmaOli #Protest #Nationwide #NepalPolitics #Arghakhanchi #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages