कस्तो छ आजको मौसम पूर्वानुमान ?

 

काठमाडौँ । जल तथा मौसम बिभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ  ।

आज दिउँसो कोशी र मधेश प्रदेश लगायत देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बादल लाग्नेछ।  कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भू-भागका केही स्थानहरू तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग्/हावाहुरी/असिना  सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

#Weather #Forecast #Today #Update #Rain #Sun #Climate #NepalWeather #DailyForecast #ArghakhanchiCom #ArghakhanchiDotCom #ArghakhanchiComHD

Nepal life insuranceimagesimagesimages

अन्य समाचारहरु