समाचार प्रभाव: मिडियाको खबरदारीपछि पतञ्जलि मार्गमा फर्कियो रौनक; ठेकेदारले थपे कामदार, निर्माण कार्यमा तीव्र

मिडियाको खबरदारीपछि पतञ्जलि मार्गमा फर्कियो रौनक; ठेकेदारले थपे कामदार, निर्माण कार्यमा तीव्र गति

 

-अर्घाखाँची डटकम सम्बाददाता।

अर्घाखाँची, शीतगंगा–५ , शीतगंगा नगरपालिका वडा नं. ५ मा निर्माणाधीन पतञ्जलि मार्गले अहिले नयाँ गति लिएको छ। केही दिन अघि मात्र स्थानीय चर्चित सञ्चारमाध्यम ‘अर्घाखाँची डटकम’ र  ‘अर्घाखाँची छड्के’ ले यस सडक निर्माणमा भइरहेको ढिलासुस्ती र जनशक्ति अभावका बारेमा स्थलगत रिपोर्टिङसहित समाचार सार्वजनिक गरेका थिए।

No photo description available.

​मिडियाको उक्त खबरदारीपछि निर्माण पक्ष र सम्बन्धित निकायको ध्यानाकर्षण भएको छ। सोही समाचारको प्रभाव स्वरूप अहिले कार्यक्षेत्रमा जनशक्ति थपेर कामलाई तीव्रता दिइएको छ।

May be an image of road

निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी (ठेकेदार) का अनुसार, समाचार सार्वजनिक भएपछि कामलाई थप व्यवस्थित बनाइएको छ। अहिले कार्यक्षेत्रमा १६ देखि १७ जना कामदारहरू एकसाथ परिचालन गरिएका छन्। यसअघि जनशक्ति अभावले सुस्त बनेको नाली निर्माण र सडक व्यवस्थापनको काम अहिले धमाधम भइरहेको ठेकेदारले स्वीकार गरेका छन्।

May be an image of jeep and road

विकास निर्माणका काममा मिडियाले गर्ने यस्तो सकारात्मक हस्तक्षेपको स्थानीय बासिन्दाले स्वागत गरेका छन्। “मिडियामा समाचार आएपछि ठेकेदारले कामदार बढाएर कामलाई गति दिएका छन्, अब भने समयमै बाटो बन्ने आशा पलाएको छ,” एक स्थानीयले बताए।

No photo description available.

May be an image of jeep and road

No photo description available.

May be an image of road

#MediaReport #PatanjaliRoad #ConstructionSpeed #ContractorAction #WorkersAdded #RoadRevival #DevelopmentNews #Infrastructure #ArghakhanchiCom #ArghakhanchiDotCom #ArghakhanchiComHD

Nepal life insuranceimagesimagesimages