गुगल-एप्पलसहित ठुला अमेरिकी कम्पनिका क्षेत्रीय कार्यालय निशाना बनाउने इरानको चेतावनी

 

काठमाडौँ । इरानले अमेरिकी ठूला कम्पनीका क्षेत्रीय कार्यालयहरुलाई निशाना बनाउने चेतावनी दिएको छ ।

इरानको शक्तिशाली सैन्य निकाय इस्लामिक रिभोलुसनरी गार्ड कोरले अमेरिकाका ठुला १८ टेक कम्पनीका मध्यपूर्वमा रहेका क्षेत्रीय कार्यालयहरुलाई निशाना बनाउने चेतावनी दिएको इरानी सरकारी सञ्चार माध्यम प्रेस टिभीले उल्लेख गरेको छ ।

इरानले ती कम्पनीहरूले जासुसीमार्फत इरानभित्र अमेरिकी-इजरायली अपरेसनलाई सहयोग गरेको आरोप लगाएको छ । त्यसकै प्रतिक्रिया स्वरूप क्षेत्रीय कार्यालयहरू निशानामा पर्न सक्ने चेतावनी दिइएको बताइएको छ ।

सम्भावित प्रतिआक्रमण १ अप्रिल राति ८ बजेदेखि सुरु हुन सक्ने बताइएको छ । इरानी पक्षले यी आक्रमण अत्यन्त विनाशकारी हुन सक्ने दाबी गरेको छ ।

यस सूचीमा विश्वका प्रमुख प्रविधि र औद्योगिक कम्पनीहरू परेका छन् । तीमध्ये एप्पल, गुगल, मेटा र माइक्रोसफ्ट, एचपी, इन्टेल, आईबीएम र सिस्को समेत रहेको दाबि गरिएको छ । यससँगै टेस्ला, एनभिडिया, ओरेकल, जेपी मोर्गन र बोइङ जस्ता अन्य बहुराष्ट्रिय कम्पनीहरूलाई पनि यस्तो चेतावनी दिइएको बताइएको छ ।

इरानको यो चेतावनीपछि अन्तर्राष्ट्रिय स्तरमा सुरक्षा चिन्ता बढेको छ । सम्भावित साइबर आक्रमण वा भौतिक आक्रमणको जोखिमबारे विभिन्न देशहरूले सतर्कता बढाएको जनाइएको छ ।

#Iran #USA #Tech #Google #Apple #Threat #Global #News #Update #ArghakhanchiCom #ArghakhanchiDotCom #ArghakhanchiComHD

Nepal life insuranceimagesimagesimages