लेटरहेड दुरुपयोग नगर्न पूर्णबहादुर खड्कालाई काँग्रेस अनुशासन समितिको चेतावनी

 

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको लेटरहेड दुरुपयोग गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले पार्टीको नक्कली लेटरप्याड वनाएर प्रयोग गरी आफूसँग नभएको जम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारी रहेको वक्तव्य जारी गर्ने काम भएको भन्दै लेटरहेड दुरुपयोग गरे कारवाही गर्ने चेतावनी दिएको हो ।

केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले अब उप्रान्त लेटरहेड दुरुपयोग गर्ने काम भए कांग्रेसको विधान, २०१७ (संशोधन सहित) र प्रचलित कानुन बमोजिम कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय भएको जानकारी दिए ।

यसअघि नेता पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखक पक्राउको विरोध गर्दै प्रतिवाद गर्ने बताएका थिए ।

त्यस्तै बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा अनुशासन उल्लघंन गरिएको भनी प्राप्त ५०७ उजुरीलाई वर्गीकरण गरी अविलम्व टुंगोमा पुर्‍याउने निर्णय गरेको छ भने छानविनबाट वर्गीकरण गरिएका उजुरीको हकमा अनुशासन उल्लघंन गरेको भनी आरोप लागेका व्यक्तिहरुबाट सात दिनभित्र स्पष्टीकरण माग गर्ने निर्णय भएको संयोजक गुरुङले जानकारी दिए ।

बैठकले प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा पार्टीका सदस्यहरुले अनुशासन उल्लंघन गरेका भए सो को उजुरी २०८२ चैत्र मसान्तभित्र पठाउन निर्देशन जारी गरेको छ । तत्पश्चात प्राप्त हुन आएका उजुरी उपर कुनै कारवाही नहुने अनुशासन समितिले स्पष्ट गरेको छ ।

#Congress #Nepal #Warning #Letterhead #Politics #News #Update #ArghakhanchiCom #ArghakhanchiDotCom #ArghakhanchiComHD

Nepal life insuranceimagesimagesimages