प्रतिपक्षको आवाज कमजोर हुन दिन्नौँ, बोल्दाबोल्दै माइक काट्दैनौँः सभापति लामिछाने

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदलाई स्वस्थ बहसको थलो बनाउनुपर्नेमा जोड दिँदै प्रतिपक्षको आवाजलाई कमजोर हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो । लोकतन्त्रको रक्षाका लागि प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ । उहाँले प्रतिपक्षीलाई उपेक्षा गर्दा लोकतान्त्रिक व्यवस्था कमजोर हुने भन्दै जेन–जी आन्दोलनको समेत स्मरण गराउनु भयो । उहाँले विगतमा प्रतिपक्षी दलका नेताहरुमाथि प्रतिशोध साँध्नकै लागि कानून संशोधन र अध्यादेश नै ल्याइएको भन्दै त्यस्ता कानूनी छिद्रहरु तत्काल सच्याउने वाचा पनि गर्नुभयो । उहाँले प्रतिपक्षी दलहरुमाथि अहंकार र प्रतिशोधको अध्याय दोहोरिन नदिने पनि स्पष्ट पार्नुभयो । उहाँले संसद् र सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकै भरमा कसैको माइक नकाट्ने पनि उल्लेख गर्नुभयो ।

 उहाँले भन्नुभयो, ‘हामी प्रतिपक्षको आवाज कमजोर हुन दिने छैनौँ । किनकी प्रतिपक्षको आवाज कमजोर बनाइयो र उपेक्षा गरियो भने लोकतन्त्र कमजोर हुनेछ । यो हामीले अस्ति भर्खरै देखिसक्यौँ । यो संसद बहसको थलो हुनेछ, प्रतिशोधको होइन । हिजो आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानून नै संशोधन गरिएको छ र अध्यादेश समेत ल्याइएको छ । त्यस्ता कुरा यथाशिघ्र सच्याइने कुरा म यो सम्मानित सदनलाई जानकारी गराउन चाहान्छु । प्रतिपक्षीमाथि अहंकार  प्रतिशोधको त्यो अध्याय दोहोरिने छैन । आस्थाका आधारमा फरक व्यवहार हुनेछेन् । अब कसैका कुरा नसुनौँ भनेर कसैको माइक काटिने छैन ।’

यद्यपि सुशासनको वेग भने नरोकिने उहाँको दाबी छ ।

#RabiLamicchane #Opposition #Parliament #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages