भ्रष्टाचार नियन्त्रणमा सबै निकायलाई प्रभावकारी कदम चाल्न सरकारको निर्देशन

 

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउन सबै मन्त्रालय, आयोग र सरकारी कार्यालयलाई कडाइका साथ निर्देशन दिएको छ ।

मुख्यसचिव सुमनराज अर्यालले अन्तर्राष्ट्रिय प्रतिवेदनहरूमा नेपालको भ्रष्टाचार अवस्था निराशाजनक देखिएको उल्लेख गर्दै त्यसको समूल अन्त्य गरी सुशासन कायम गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको जनाउदै कडा कदम चाल्न सबै सरकारी कार्यालयलाई निर्देशन दिएका हुन् ।

निर्देशनमा भनिएको छ- ‘देशमा भ्रष्टाचारको समूल अन्त्य र सुशासन कायम गर्नुपर्ने मूलभूत माग राखी गत २०८२ भाद्र २३ र २४ गते जेन–जी युवाहरूको अगुवाइमा जनआन्दोलन भएको र सोही पृष्ठभूमिमा २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई हालै गठन भएको सरकारले सार्वजनिक निकायहरूमा हुने नीतिगत, संस्थागत, प्रक्रियागत लगायत सबै किसिमका भ्रष्टाचारलाई अन्त्य गरी सुशासन प्रवद्र्धन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ ।’

Single Image

सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, राजस्व प्रशासन, ठेक्का तथा खरिद प्रक्रियामा हुने नीतिगत, संस्थागत तथा प्रक्रियागत भ्रष्टाचार अन्त्य गर्न सम्बन्धित निकायहरूले तत्काल प्रभावकारी पहल गर्नुपर्ने पत्रमा उल्लेख गरिएको छ ।

सरकारले विशेषगरी कर्मचारीहरूलाई दक्ष, व्यावसायिक र सदाचारयुक्त बनाउँदै जनविश्वास बढाउने, सेवाग्राहीसँग सभ्य व्यवहार गर्ने तथा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र असहाय वर्गलाई प्राथमिकतामा राख्न निर्देशन दिएको छ ।

त्यसैगरी, कार्यालय प्रमुखलाई नै मुख्य जिम्मेवार बनाउँदै तटस्थता, पारदर्शिता र आचारसंहिताको कडाइका साथ पालना गराउने दायित्व तोकिएको छ। सेवा प्रवाह र विकास व्यवस्थापनमा चुस्तता, मितव्ययिता र प्रभावकारिता कायम गर्न समेत आग्रह गरिएको छ ।

images

अनियमितता र भ्रष्टाचारका घटनामा सूक्ष्म निगरानी राख्न, छड्के अनुगमन गर्न र कुनै जानकारी प्राप्त हुनासाथ सम्बन्धित निकायमा जानकारी गराउन निर्देशन दिइएको छ । साथै, भ्रष्टाचार वा आर्थिक अनियमितता भेटिएमा सम्बन्धित कार्यालय प्रमुखलाई नै प्रारम्भिक रूपमा जिम्मेवार बनाइने चेतावनी पनि दिइएको छ ।

Single Image

images

Nepal life insuranceimagesimagesimages