

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, कुवेती दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य उच्चदरमा घटेको छ। त्यसैगरि अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारको भाउ पनि उल्लेख्य मात्रामा घटेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा छ।

हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। गएको बुधबार उच्च मूल्यमा पुगेको अमेरिकी डलरको विनिमयदर आज घटेको हो।
त्यसैगरि आज युरो १ को खरिददर १७१ रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९३ पैसा छ। हिजो युरो १ को खरिददर १७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३६ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ १३ पैसा र बिक्रीदर १९६ रुपैयाँ ९२ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ६० पैसा र बिक्रीदर २०२ रुपैयाँ ४० पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ २१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ६२ पैसा थियो।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८४ रुपैयाँ ५० पैसा र बिक्रीदर ४८६ रुपैयाँ ४६ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४९३ रुपैयाँ ६९पैसा र बिक्रीदर ४९५ रुपैयाँ ६५ पैसा थियो।
आज बहराइन दिनार १ को खरिदर ३९३ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ३६ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ४०१ रुपैयाँ ७० पैसा र बिक्रीदर ४०२ रुपैयाँ ७० पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर




