

संयुक्त राष्ट्रसंघले बिहीवार खार्तूमस्थित आफ्नो मुख्यालय पुनः सञ्चालनमा ल्याएको छ । यसका साथै संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको कार्य सञ्चालन पनि सुचारु भएको छ । जसले देशमा द्वन्द्व शसुरु भएपछि झन्डै तीन वर्षदेखि स्थगित भएका गतिविधिहरूलाई बिस्तारै पूर्ववत अवस्थामा फर्काउन बाटो प्रशस्त गरेको छ ।
सुडानका विदेश मामिला तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्री मोहि एल–दिन सलेम, संयुक्त राष्ट्र संघका अधिकारीहरू र खार्तूम राज्य सरकारका प्रतिनिधिहरू पुनः सञ्चालन समारोहमा सहभागी भएका थिए ।

सुडानी मन्त्रीले एक विज्ञप्ति जारी गर्दै कार्यालयको पुनरागमनले खार्तूम राज्य सरकार र संयुक्त राष्ट्र संघ बीचको सहयोगको पुनः थालनीलाई झल्काउने बताउनु भयो । उहाँले यस कदमलाई नवीकरण गरिएको अन्तर्राष्ट्रिय साझेदारी र देशको स्थिरताका प्रयासहरूका लागि एउटा ’सकारात्मक सूचक’ को रूपमा प्रशंसा गर्नुभयो । यसैबीच, यूएनडीपीका सह–प्रशासक झु हाओलियाङले संयुक्त राष्ट्र संघका निकायहरू खार्तूम फर्कनु वर्तमान चरणमा सुडानका लागि महत्त्वपूर्ण सहयोग भएको बताउनु भयो । झुले यूएनडीपीले मानवीय सहायतामा केन्द्रित हुँदै राष्ट्रिय संस्थाहरू तथा स्थानीय समुदायहरूको क्षमता सुदृढ पार्न र पुनप्र्राप्ति तथा पुनर्निर्माणका प्रयासहरूमा योगदान पु¥याइरहेको जानकारी दिनुभयो ।
सुडान हाल यस क्षेत्रकै सबैभन्दा ठूलो मानवीय संकटको सामना गरिरहेको छ । जारी युद्धले आन्तरिक र वाह्य रूपमा लाखौं मानिसहरूलाई विस्थापित गरेको छ, साथै स्वास्थ्य र शिक्षा सेवामा तिब्र गिरावट र खाद्य असुरक्षा बढ्दै गएको छ ।
यसअघि, युद्ध तेस्रो वर्षमा प्रवेश गर्दै गर्दा संयुक्त राष्ट्र संघले सुडानमा बढ्दो मानवीय आवश्यकताहरूको बारेमा चेतावनी दिएको थियो । सन् २०२६ को सुडान मानवीय प्रतिक्रिया योजना अनुसार, यस वर्ष सुडानका करिब ३ करोड ३७ लाख मानिसलाई मानवीय सहायताको आवश्यकता पर्नेछ, जुन २०२५ को तुलनामा ३३ लाखले बढी हो ।



