

नेपाल निर्माण व्यवसायि महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी हुनुभएको छ । पाण्डेले ५ सय १४ मत प्राप्त गर्नुभयो भने प्रतिष्पर्धी ए डि लामाले ४ सय १३ मत प्राप्त गर्नुभएको थियो ।
महासचिवमा शिवहरि घिमिरे निर्वाचित हुनुभएको छ । घिमिरेले ५ सय २७ मत प्राप्त गर्दा प्रतिष्पर्धी बलिभद्र रानाले ३ सय ८० मत प्राप्त गर्नुभयो ।

कोशी प्रदेश उपाध्यक्षमा धिरेन्द्र दाहाल, मधेस प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, वागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेश उपाध्यक्षमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्षमा शहदेव खड्का, कर्णाली प्रदेश उपाध्यक्षमा हिमबहादुर बुढा, सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाशबहादुर शेट्टी विजयी हुनुभएको छ ।

नीतिगत उपमहासचिवमा मंगल शाही विजयी हुनुभयो । आन्तरिक उपमहासचिवमा सन्तोष शाह विजयी हुनुभयो । महिलातर्फको उपाध्यक्षमा गङ्गा पोखरेल विजयी हुनुभएको छ भने कोषाध्यक्षमा उज्ज्वल गौतम विजयी हुनुभएको छ । सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ विजयी हुनुभयो ।
#निर्माण_व्यवसायी #नेतृत्व #निकोलशपाण्डे #निर्वाचन #नेपाल #व्यवसाय #नयाँनेतृत्व #ConstructionBusiness #Leadership #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



