

पर्यावरणीय सभ्यता बिना दीगो विकास सम्भव नभएको सरोकारवालाहरुले बताउनुभएको छ ।
चिनियाँ राष्ट्रपति सि जिनपिङले अघि सार्नुभएको पर्यावरणीय सभ्यताको अवधारणासम्बन्धी छलफल कार्यक्रममा विज्ञहरूले प्रकृति केन्द्रित विकास मोडललाई अगाडी बढाउनुपर्नेमा जोड दिनुभएको हो । अर्थविद् डा. चन्द्रमणि अधिकारीले प्रकृतिलाई विश्वविद्यालय मानेर हिँड्नुपर्ने बताउनु भयो । निश्चल जल र हरित पहाडको सिद्धान्त आजको आवश्यकता भएको उल्लेख गर्नुहुँदै उहाँले प्रकृतिबाट टाढा भए राजनीति, अर्थनीति, संस्कार र संस्कृति नै दुषित हुने बताउनु भयो ।

कृषि, औद्योगिक विकास, आवास निर्माण र पर्यटन प्रवद्र्धनजस्ता क्षेत्रहरूमा परम्परागत संस्कृतिसँग आधुनिक प्रविधि जोड्न सके मात्र दीगो विकास सम्भव हुने उहाँको भनाई छ । डा अधिकारीले नेपालको शास्त्रीय ज्ञान र परम्परागत अभ्यासहरूमा शहर विकासदेखि प्राकृतिक स्रोत व्यवस्थापनसम्मका स्पष्ट मार्गनिर्देशन रहेको उल्लेख गर्दै ती असल पक्षलाई पुनःअवलम्वन गर्नुपर्ने बताउनुभयो । उहाँले शास्त्रका ज्ञान, चीन र युरोपबाट सिकाइएका आधुनिक अभ्यासलाई संयोजन गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, हामीले हाम्रो कृषिकर्म, औधोगिक विकास, आवास निर्माण संरचना निर्माण, पयर्टन प्रवद्र्धन गर्दा हाम्रो हिजोको संस्कृति अनुसार गर्नुपर्छ । हाम्रो देशमा थरी थरिका संस्कृतिहरु छन्, समाज अनुकुलका संस्कृतिहरु छन्, हामी प्रकृति पूजक पनि हो, त्यसकारण ती कुराको आधारमा हामीले कृषिकर्म गर्नुपर्छ । हामीले हाम्रो झर्रो कृषि प्रणालीलाई अहिलेको प्रविधि र चेतनासँग जोडेर हामीले विकास गन सक्यौ भने मात्रै हाम्रो दिगो विकास हुन्छ । दिगो विकास भनेको प्रकृतिसंग नजिक रहेको विकास, प्रकृतिको विपरित नगएको विकास र अनन्तकालसम्म रहिरहने विकास हो । हामीले हाम्रै शास्त्र हेर्यो भने पनि त्यहाँ धेरै कुराहरु छन्, सामरिक, कुटनितिक, आर्थिक, राजनीतिक सबै कुरा छन् । त्यसमा शहरको विकास कसरी गर्ने भन्ने पनि छ, शहर विकासको गर्न हामीले शास्त्रमा भएका कुरा मात्रै फलो गरेको भए काठमाडौ कंक्रिटको जंगल हुँदैन थियो । त्यहाँ एउटा शहर बस्र्न कति जनसंख्या चाहिन्छ, कति घर उपयुक्त हुन्छ, घरको कति दूरीमा कस्तो रुखविरुवा रहनुवर्छ, पानीको व्यवस्था कसरी गर्नुपर्छ, भन्ने लगायत अधिकांश कुराहरु छन् । हामीले हाम्रा शास्त्रका असल कुराहरुलाई पनि सिक्नुप¥यो, चीन, युरोप बाट भएको कुरा पनि सिक्नुपर्छ र हामी अगाडी बढ्नुपर्छ ।’
जलवायु तथा वित्त विज्ञ डा. धर्म उप्रेतीले माटो, जल, हावा र ध्वनी सभ्यताको चर्चा गर्दै पर्यावरणीय सुधारका लागि राजनीतिक प्रतिवद्धता अनिवार्य रहेको बताउनु भयो । उहाँले माटोको शुद्धतामा अति आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले माटोको अशुद्धताले गर्दा युरोपले धेरैजसो देशको धान नदिने गरेको बताउनु भयो । उहाँले माटो, हावा, पानीलाई शुद्ध बनाउन पर्यावरणीय सभ्यतासम्बन्धी सि जिनपिङको अवधारणा आवश्यक रहेको बताउनु भयो ।
चिनियाँ राष्ट्रपति सीले विकासका लागि पर्यावरणीय सभ्यताको अवधारणा सन् २००५ मा ल्याउनुभएको थियो ।
तस्बिरः एआई
#पर्यावरण #दिगोविकास #विज्ञ #नेपालसमाचार #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



