रास्वपा चमत्कारिक रुपमा शक्तिशाली बन्नुको कारण तत्काल खोजी गर्नुपर्ने हुन्छः एमाले सचिव भट्टराई

 

नेकपा (एमाले)का सचिव डा. राजन भट्टराईले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शक्तिशाली बन्नुको कारण खोजतलास गर्नुपर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित निर्वाचनको मूल्यांकन तथा परराष्ट्र नीति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । परराष्ट्रविद् समेत रहनुभएका सचिव भट्टराईले सो पार्टीले निर्वाचनमा चमत्कारिक रुपमा परिणाम ल्याएको उल्लेख गर्दै त्यसको कारण खोजीको विषय भएको बताउनु भयो । उहाँले मुलुकमा भूराजनीतिक संवेदनशीलता बढेर गएकाले दलहरुबीच राष्ट्रिय एकता कायम गरेर अघि बढने कुरामा ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नुभयो । दलहरुबीचको सम्वाद तत्काल शुरु गरी राष्ट्रिय एकतालाई  कायम गरेर अघि बढ्ने गरी मुलुकमा विदेशनीतिबारे सार्वजनिक बहस गर्नु अति जरुरी रहेको सचिव भट्टराईको भनाई थियो ।

उहाँले भन्नुभयो,‘नेपाल भित्र चलखेल हुने सम्भावना छ । हाम्रो भूराजनीतिक सम्वेदनशीलता बढेर जान खोजेको छ । यतिबेला गर्ने के ? यतिबेला सबैभन्दा गर्ने काम के हो भने पहिलो काम भनेको नै राष्ट्रिय एकता कायम गर्ने हो । राष्ट्रिय एकता कायम गर्नका लागि हामी आन्तरिक रुपमा प्रतिष्पर्धा गरौँ, विवाद गरौ । सबै चिज गरौँ । यो संवेदनशील विश्व व्यवस्था आईसकेपछि यस्तो बेलामा हामी राष्ट्रिय एकता कायम गर्नका लागि हामी सबैले पहल लिनु आवश्यक छ । त्यो पहल आन्तरिक सम्वादबाटै अगाडि बढाइनु पर्छ । हाम्रा केही केही मान्यताहरु फरक हुन सक्छन् । हिजो देखि फरक मान्यता बोकि आएका कारण हामी फरक फरक ठाउँमा उभिने स्थिति बन्नसक्छ । किनभने हामी फरक राजनीतिक पृष्ठभुमिका बोलेका फरक राजनीतिक पार्टीहरु पनि छौ । थुप्रै दलहरु छौ । अझ आजको शक्तिशाली दल त धेरै फरक हिसावले आएको छ उ ।

उसको आउने तरिका नै चमत्कारिक छ । त्यससँग के के जोडिएका छन, त्यो खोजतलासको विषय बाँकि नै छ । त्यसो हुनाले यो पक्षलाई ध्यानमा राखेर राष्ट्रिय एकता, देशशक्तिको भावना जगाउँदै कमसेकम अरु हाम्रा छिमेकी हुन वा अरु अन्तराष्ट्रिय मित्र शक्तिहरुले हामी तुलनात्मक हिसावले सानो तर म सानो भन्दिन किनभने यो जनसंख्याको हिसावले ४२ औ ४३ औ स्थानमा छ । भौगोलिक हिसावले पनि यो संसारको ९२ औ, ९३ औ स्थानमा छ । यो मध्यमस्तरको मुलुक हो । तर छिमेकी ठूला मुलुकहरुका कारण हामी सानो छौ कि भन्ने परेको छ । तर पनि हामी चीन र भारत जस्ता छिमेकीको बीचमा भने साना नै हौ । यस्तो समवेदनशील ठाउँमा रहेको नेपालका विदेश नीतिबारेको छलफललाई सार्वजनिक बहसको विषय व्यापक बनाउँदै लैजानु आवश्यक छ भन्ने मलाई लाग्छ ।’

सचिव भट्टराईले दलहरुबीच आन्तरिक रुपमा प्रतिष्पर्धा भएपनि मुलुकलाई भूराजनीतिक संवेदनशीलताबाट जोगाउनका लागि राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुको विकल्प नभएको पनि उल्लेख गर्नुभयो ।

#रास्वपा #एमाले #भट्टराई #राजनीति #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages