

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोनाले एटलेटिकोलाई २-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा मार्कश राशफोर्ड र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए । त्यस्तै एटलेटिको म्याड्रिडका लागि गिउलिआनो सिमेओनले एक गोल गरेका थिए ।

यस खेलमा एटलेटिको म्याड्रिडका निकोलस गोन्जालेजले खेलको पहिलो हाफको इन्जुरी समयमा रातो कार्ड पाउदा १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता बढाएको छ । बार्सिलोनाको ३० खेलमा ७६ अंक भएको छ र दोस्रो स्थानमा रहेको रियल म्याड्रिड भन्दा स्पष्ट ७ अंकले अगाडी भएको छ । त्यस्तै एटलेटिको म्याड्रिडको ३० खेलमा ५७ अंक रहेको छ र लिगमा चौथो स्थानमा छ ।
#Barcelona #Rashford #Lewandowski #BarcaWin #LaLiga #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



