उत्तरी अफगानिस्तानमा भूकम्प जाँदा ८ जनाको मृत्यु

 

अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद युसुफ हम्मादका अनुसार उत्तरी अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प जाँदा आठ जनाको मृत्यु भएको छ ।

हम्मादले भूकम्पका कारण काबुल प्रान्तमा एउटा घर भत्किँदा त्यसमा रहेका आठ जना बासिन्दाको मृत्यु भएको छ भने एक बालक घाइते भएका बताउनु भयो । भूकम्पको कडा धक्का राजधानी काबुलमा पनि महशुस गरिएको थियो ।

१८६.४ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्रबिन्दु शुरुमा ३६.५५ डिग्री उत्तरी अक्षांश र ७०.८५ डिग्री पूर्वी देशान्तरमा रहेको पहिचान गरिएको थियो ।

#Afghanistan #Earthquake #BreakingNews #AfghanistanEarthquake #WorldNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages