

काठमाडौं । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले इन्धन संकटलाई समाधान गर्ने पहलकदमी लिदै सोमबारदेखि लागू हुनेगरि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने निर्णय गरको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरु कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने निर्णय भएको समेत पोखरेलले जानकारी दिए ।
#NepalGovernment #PublicHoliday #WeekendHoliday #EducationNews #NepalNews #BreakingNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



