ओली र लेखकलाई म्याद थप नगर्न सर्वोच्चको परमादेश, विहिबार छुट्ने

 

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक आगामी बिहीबार थुनामुक्त हुने भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ओली र लेखकलाई म्याद थप नगर्न परमादेश आदेश जारी गरेपछि विहिबार छुट्ने भएका हुन् ।

इजलासले प्रक्रिया पूरा गरी हिरातमुक्त गर्न परमादेश जारी गरेपछि ओली र लेखक थुनामुक्त हुने भएका हुन् ।

काठमाडौं जिल्ला अदालतले आइतबार ओली र लेखकलाई अनुसन्धान गर्न ५ दिनको म्याद थपेको थियो । सोही म्यादभित्र अनुसन्धान सम्पन्न गर्न सर्वोच्चले सरकारविरुद्ध परमादेश जारी गरेको हो ।

परमादेशमा भनिएको छ- ‘ओली र लेखकलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ को परिक्रिया पूरा गरी हिरासतमुक्त गरी थप अनुसन्धान तहकिकातको कार्यसम्मन्न गरी जो जे गर्नुपर्ने गराउनू ।’

 

Nepal life insuranceimagesimagesimages