

काबुलको व्यस्त सडकमा ३३ वर्षीय ट्याक्सी चालक अब्दुल मतीन आफ्नो कारको स्टेयरिङ पछाडि बसेर यात्रुहरूको प्रतीक्षा गरिरहेका छन् । जो अचेल निकै चिन्तित भएका छन् । अफगानिस्तानका अन्य धेरै मानिसहरू जस्तै उनको जीविकोपार्जन पनि इन्धनको मूल्य वृद्धिका कारण दबाबमा छ । जसले उनलाई आर्थिक अनिश्चितताको अवस्थामा धकेलेको छ ।

विश्वव्यापी आपूर्तिमा अवरोध, इन्धन आयातमा कमी र बढ्दो यातायात लागतको संयोजनले अफगानिस्तानमा इन्धनको मूल्य प्रतिलिटर ५५ अफगानीबाट ह्वात्तै बढेर ६७ अफगानी पुगेको छ । जसले देशभरि नै प्रभाव पारेको छ । यो मूल्य वृद्धिले पहिले नै कमजोर अर्थतन्त्रमा रहेका ट्याक्सी चालक, साना व्यवसायी र सर्वसाधारण नागरिकमाथि असह्य दबाब थपेको छ ।

बढ्दो इन्धनको मूल्यको प्रभाव यातायात क्षेत्रभन्दा धेरै टाढासम्म फैलिएको छ । इन्धनको लागत बढ्दै जाँदा दैनिक उपभोग्य वस्तु र सेवाको मूल्य पनि बढ्छ, जसले पहिले नै आर्थिक अनिश्चिततासँग जुधिरहेका जनसंख्यामाथि भारी बोझ सिर्जना गर्दछ । धेरै अफगानहरूका लागि यो आर्थिक तनाव असह्य बन्दै गएको छ ।
#अफगानिस्तान #इन्धनमूल्य #महँगी #आर्थिकसंकट #FuelPrice #Afghanistan #InternationalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



