सरकारले जीवित आदिवासी संग्राहलय स्थापना गर्नुपर्छः अनुष्का श्रेष्ठ

 

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठले जीवित आदिवासी संग्राहलय स्थापना गर्न सरकारसँग माग गर्नुभएको छ ।
मंगलवार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले सो माग गर्नुभएको हो ।

पर्यटन क्षेत्रमा दिगो आम्दानी गर्न, विश्वसामू नेपालको विशिष्ट ब्राण्ड निर्माणमा अझ एक तह थप्न तथा प्रवासमा रहेका लाखाँै नेपालीहरुलाई पहिचानसँग पुनः जोडन महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले सो अवधारणा अघि बढाउन आफूले प्रस्ताव गरेको सांसद श्रेष्ठको भनाई थियो ।

उहाँले भन्नुभयो,‘म जीवित आदिवासी संग्राहलयको अवधारणा प्रस्ताव गर्न चाहन्छु । यो एउटा केवल भौतिक संरचना मात्रै नभई जनजाति भाषा बोलिने लिपी लेखन सिकिने परम्पराहरु अभ्यास गरिने एक जीवन्त थलोको रुपमा उपयोग गर्न सकिन्छ । यसले हाम्रो पर्यटन क्षेत्रमा दिगो आम्दानी सृजना गर्न, विश्वसामू नेपालको विशिष्ट ब्राण्ड निर्माणमा अझ एक तह थप्न तथा प्रवासमा रहेका लाखौ नेपालीहरुलाई युवा पुस्तालाई आफना जरा र पहिचानसँग पुन जोडन महत्वपूर्ण भुमिका खेल्न सक्ने भएकाले यस अवधारणाप्रति सान्दर्भिक सरकारी निकायहरुको ध्यानाकर्षण होस् भनि म सम्माननीय सभामुखमार्फत विनम्र निवेदन गर्दछु ।’

सांसद श्रेष्ठले आदिवासी जनजातिहरुको भाषालाई जीवन्त बनाउन पनि सो अवधारण अतिआवश्यक रहेको तर्क समेत गर्नुभयो ।

 

Nepal life insuranceimagesimagesimages