सरकारले स्वास्थ्य विमा कार्यक्रमको तत्काल नीतिगत सुधार गर्न आवश्यक छः ओजश्वी शेरचन

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सांसद ओजश्वी शेरचनले सरकारले स्वास्थ्य विमा कार्यक्रमको तत्काल नीतिगत सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ ।

सो कार्यक्रम बजेटको अभावमा अघि बढ्नसक्ने अवस्थामा नरहेको चर्चा भइरहेको बेला सांसद शेरचनले सो आवश्यकता औँल्याउनुभएको हो । मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सो समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयबीच बलियो समन्वय हुनुपर्नेमा पनि जोड दिनुभयो । सांसद शेरचनले स्वास्थ्य विमा कार्यक्रम आफैँ आर्थिक दवावमा पर्दा त्यसबाट सेवाग्राहीहरु मर्कामा पर्ने भएकाले सरकारले सो समस्या समाधानमा ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,‘स्वास्थ्य विमा ऐन २०७४ ले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्दै उपचारको क्रममा हुने आर्थिक जोखिम कम गर्न महत्वपूर्ण उद्देश्य राखेको छ । तर विमा बोर्ड स्वयमले विमा भुक्तानी नपाएकाले यो कार्यक्रम स्वयम आर्थिक दवावमा रहेको छ । वीर अस्पतालमा ५१ करोड, टिचिङ अस्पतालमा ४० करोड र अन्य अस्पतालहरु गरी १६ अर्ब भन्दा माथि रकम भुक्तानी बाँकि छ । यसले स्वास्थ्य संस्थालाई सेवा निरन्तरता दिन कठिनाई भईरहेको छ । यस अवस्थालाई तुरुन्त सम्बोधन गर्न स्वास्थ्य बीमा बोर्ड, स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रायका बीच प्रभावकारी सम्बोधन आवश्यक छ । साथै विमा कार्यक्रमलाई दीर्घकालीन रुपमा टिकाउनका लागि नीतिगत सुधार जस्तै सबै विमा योजनाहरु एकीकृत गरी जोखिम पुल विस्तार गर्न प्रोग्रेसिव टयाक्स इन हेल्थ इन्स्योरेन्स गर्न आवश्यक छ ।’

सांसद शेरचनले सो समस्या समाधानका लागि सरकारले हेल्थ सम्बन्धि इन्स्योरेन्स गर्ने कार्यलाई पनि अघि बढाउनुपर्ने बताउनु भयो ।

 

Nepal life insuranceimagesimagesimages