

काठमाडौं । युइएफए च्याम्पियन्स लिग क्वाटरफाइनलमा बायर्न म्युनिखले रियल म्याड्रिडलाई पराजित गरेको छ ।
रियल म्याड्रिडको घरेलु मैदानमा गएराती भएको क्वाटरफाइनलको पहिलो लिगमा बायर्न म्युनिखले २-१ गोल अन्तरको जित हासिल गरेको हो ।

बायर्न म्युनिखको जितमा लुइस डियाज र ह्यारी केनले एक एक गोल गरेका थिए । त्यस्तै रियल म्याड्रिडका लागि किलीयन एम्बाप्पेले एक गोल फर्काएका थिए ।
पहिलो लिगमा २-१ को अग्रता बनाएसँगै अब दोस्रो लिग अप्रिल १५ मा बायर्नको घरेलु मैदानमा हुने छ ।
#च्याम्पियन्सलिग #ChampionsLeague #बायर्नम्युनिख #रियलम्याड्रिड #UCL #Football #QuarterFinal #SportsNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



