

राष्ट्रिय तथ्याङ्क कार्यालयले आगामी वैशाख २ गतेदेखि देशभर करिब ५ हजार कर्मचारी परिचालन गरी राष्ट्रिय आर्थिक गणना शुरु गर्ने भएको छ । निजी र सरकारी सहकार्यको मोडेलमा सञ्चालन हुन लागेको यस गणनाले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा विभिन्न क्षेत्रको योगदानको यथार्थ चित्र प्रश्तुत गर्ने लक्ष्य राखेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणनाको लागि निजी क्षेत्रले उल्लेखनीय सहयोग रहेको जनाएको छ ।


बुधवार राष्ट्रिय आर्थिक गणनाको लागि नेपाल पत्रकार महासंघसंगको सहकार्य सम्बन्धी छलफलमा कार्यालयका प्रवक्ता एवं उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेले आर्थिक गणनाको लागि निजी क्षेत्रले उल्लेखनीय सहयोग गरेको बताउनु भयो । उहाँकाअनुसार यसपटकको आर्थिक गणनालाई निजी–सरकारी सहकार्य मोडेलमा अघि बढाइएको छ । उहाँले आर्थिक गणनालाई प्रभावकारी बनाउन विभिन्न निजी क्षेत्रका संस्थासँग सहकार्य गरिएको जानकारी दिनुभयो ।

नेपाल उद्योग परिसंघ र बैंकर्स एशोसिएशनसँग सम्झौता भईसकेको उहाँले बताउनु भयो । परिसंघसंग तथ्याङ्क आदानप्रदान, विश्लेषणमा सहकार्य, वित्तीय साक्षरता अभिवृद्धि तथा पाँच वर्षसम्म तथ्याङ्कसम्बन्धी सहयोग गर्नेगरी सम्झौता गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघले पनि सहकार्य गर्न इच्छा देखाएको उहाँको भनाई छ ।

निजी क्षेत्र आफैँले तथ्याङ्क संकलनमा सहयोग गरिरहेको उल्लेख गर्दै उहाँले विगतको तुलनामा अहिलेको सहभागिता निकै सकारात्मक भएको बताउनु भयो । कार्यालयले सञ्चार क्षेत्रसहित विभिन्न आर्थिक क्षेत्रको योगदानलाई समेट्ने गरी विस्तृत गणना गर्न लागेको जनाएको उहाँको भनाई छ । संचार क्षेत्रका प्रतिष्ठानहरूले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा पु¥याएको योगदानको यथार्थ चित्र प्रश्तुत गर्न आर्थिक गणनाले महत्वपूर्ण भुमिका खेल्ने उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आर्थिक गणनाको लागी हामी निजी सरकारी सहकार्यको मोडेलमा अगाडी बढेका छौँ । हामीले भर्खरै नेपाल उद्योग परिसंघसंग एउटा सम्झौता गरेका र्छौँ । तथ्याङ्क आदानप्रदान गर्ने, सहयोग गर्ने, पाँच वर्षसम्मको लागी तथाङ्क विश्लेषणमा सहयोग गर्ने, तथ्याङ्का बारेमा जानकारी दिने, वित्तीय साक्षरता सञ्चालन गर्ने सम्बन्धी हामीले सम्झौता गरेका छौँ । नेपाल उद्योग वाणिज्य महासंघ पनि सहकार्य गर्न ईच्छुक छ । बैकर एशोसिशयनसँग पनि सम्झौता गरिसकेका छौँ । हामीलाई तथ्याङ्क संकलन गर्नको लागि निजी क्षेत्रले आफैँ सहयोग गरिरहनुभएको छ, हिजोको जस्तो छैन आज । हामी निजी क्षेत्रका विभिन्न संघसंगठनसंग निरन्तर छलफल गरिरहेका छौँ । संचार क्षेत्रको पनि ८÷१० वटा सेक्टर छ, यो भित्र । संचारक्षेत्रका प्रतिष्ठानको पनि नेपालको जिडिपीमा योगदान छ भनेर हेर्नको लागि यो आर्थिक गनणाले महत्वपूर्ण सहयोग गर्नेछ । हामीले तथ्याङ्क संकलन गरेको प्रतिष्ठानको विवरण गोप्य नै राख्नेछौँ । हामीले व्यक्तिगत प्रतिष्ठानको विवरण कसैलाई पनि उपलब्ध गराउन मिल्दैन । सामुहिक रुपमा मात्रै संचार क्षेत्रले गरेको योगदानको विश्लेषण गरेर सार्वजानिक गर्छौ । कर प्रयोजनको लागी पनि हामीले लिएको तथ्याङ्क प्रयोग गर्दैनौँ ।’
प्रवक्ता लामिछानेले संकलित तथ्याङ्क गोप्य राखिने पनि जानकारी दिनुभयो । व्यक्तिगत वा संस्थागत विवरण सार्वजनिक नगर्ने उहाँको भनाई छ । उहाँले संकलन गरेको विवरणलाई विश्लेषण गरी समष्टिगत तथ्याङ्क मात्रै सार्वजानिक गर्ने जानकारी दिनुभयो । साथै, संकलित तथ्याङ्क कर प्रयोजनका लागि प्रयोग नहुने पनि उहाँले स्पष्ट पार्नुभयो ।
#आर्थिकगणना #राष्ट्रियगणना #कर्मचारीपरिचालन #नेपालसरकार #आर्थिकसमाचार #वैशाख२ #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD 📊🇳🇵



