अर्घाखाँचीमा आर्थिक गणना अभियान २०८२ सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न

 

– केशव पन्थी | अर्घाखाँची डट कम

अर्घाखाँची नेपाल सरकारद्वारा सञ्चालन भइरहेको आर्थिक गणना अभियान २०८२ अन्तर्गत अर्घाखाँची जिल्लामा हालसम्म भएको प्रगति, तथ्याङ्क संकलनको अवस्था तथा आगामी कार्ययोजनाबारे जानकारी दिन बुधबार सन्धिखर्कमा पत्रकार सम्मेलन सम्पन्न गरिएको छ।

May be an image of one or more people, television and newsroom

पत्रकार सम्मेलनमा आर्थिक गणना कार्यालय अर्घाखाँचीका प्रमुख बाबुराम न्यौपानेले जिल्लाभर सञ्चालन भइरहेको आर्थिक गणना अभियानको हालसम्मको उपलब्धि सार्वजनिक गर्दै तथ्याङ्क संकलनको अवस्था, फिल्डमा देखिएका चुनौती तथा आगामी रणनीतिबारे जानकारी दिनुभयो।

May be an image of one or more people

उहाँले आर्थिक गणना राष्ट्रिय आर्थिक नीति निर्माणका लागि अत्यन्त महत्वपूर्ण आधार भएकाले यसको सफल कार्यान्वयनमा सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको बताउनुभयो।

May be an image of one or more people and television

उहाँका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा खटिएका गणकमार्फत उद्योग, व्यापार, सेवा तथा अन्य आर्थिक गतिविधिसँग सम्बन्धित प्रतिष्ठानहरूको तथ्याङ्क संकलन भइरहेको छ। संकलन कार्यलाई समयमै सम्पन्न गर्न स्थानीय तह, सरोकारवाला निकाय तथा सञ्चारकर्मीको सहकार्य महत्वपूर्ण रहने बताइएको छ।

May be an image of one or more people

कार्यक्रममा आर्थिक गणना कार्यालयका सहायक आर्थिक गणना अधिकारी दिलिप केसीले अभियान प्रभावकारी बनाउन आम नागरिक, व्यवसायी तथा सम्बन्धित संस्थाहरूको सहयोग अपरिहार्य रहेको बताउनुभयो। उहाँले प्रतिष्ठानहरूले सत्यतथ्य विवरण उपलब्ध गराउनु आवश्यक रहेको उल्लेख गर्दै संकलित सम्पूर्ण तथ्याङ्क गोप्य राखिने स्पष्ट पार्नुभयो।

May be an image of one or more people and television

साथै उहाँले आर्थिक गणना दुई माध्यमबाट सञ्चालन गरिने जानकारी दिनुभयो— ई–सेन्सर (अनलाइन प्रणाली) र प्रश्नावलीमार्फत प्रत्यक्ष विवरण संकलन। आफूलाई सहज हुने विधिबाट जानकारी उपलब्ध गराउन सम्बन्धित सबै प्रतिष्ठान तथा व्यवसायीहरूलाई आग्रह गरिएको छ।

कार्यक्रममा सहभागी पत्रकारहरूले आर्थिक गणना अभियानले जिल्लाको आर्थिक अवस्था, व्यवसायिक संरचना तथा रोजगारीको वास्तविक चित्र प्रस्तुत गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

तस्बिर : केशव पन्थी | arghakhanchi.com


#अर्घाखाँची #आर्थिकगणना #EconomicCensus2028 #सन्धिखर्क #नेपालसमाचार #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages