इरानलाई हतियार आपूर्ति गर्ने देशलाई ५० प्रतिशत शुल्क लगाउछौं- ट्रम्प

 

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हतियार आपूर्ति गर्ने देशमाथि ५० प्रतिशत शुल्क लगाइने चेतावनी दिएका छन् । उनले यस्तो निर्णय तुरुन्त लागू हुने र कुनै पनि छुट नदिइने स्पष्ट पारेका छन् ।

ट्रम्पको यो भनाइ यस्तो समयमा आएको हो, जब एकातिर अमेरिका शान्तिको पक्षमा रहेको बताइरहेको छ भने अर्कोतर्फ इरानसँग नजिक रहेका देशहरूलाई कडा सन्देश दिँदै दूरी कायम गर्न दबाब दिइरहेको छ ।

ट्रम्पले इरानलाई युरेनियम प्रयोगको अनुमति नदिएको समेत स्पष्ट गर्दै इरानसँग मिलेर उसको युरेनियम समाप्त पार्न अमेरिकाले काम गर्ने बताएका छन् । ट्रम्पले सेटेलाइटमार्फत इरानको युरेनियम गतिबिधिमा नजर राखिरहेको समेत दाबि गरेका छन् । त्यस्तै बुधबार अमेरिका र इरानबीच दुई साताको युद्धविराम पछि अब होर्मुजलाई खोलेर इन्धन आपूर्ति सहज बनाउने प्रयास शुरु भएको छ ।

#ट्रम्प #इरान #अमेरिका #अन्तर्राष्ट्रियसमाचार #हथियारआपूर्ति #शुल्क #विश्वराजनीति #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages