पक्राउ पुर्जीपछि देउवाको प्रतिक्रिया: मेरो जीवन खुला पुस्तकजस्तै छ, भ्रामक र झुटा प्रचारको भ्रममा नपरौं

 

काठमाडौँ । नेपाली काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू र परिवारमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु भएको विषयमा प्रतिक्रिया दिदै आफुले आफ्नो परिवारको सम्पत्ति विवरण कानुन अनुसारनै पदमा रहदा सार्बजनिक गरेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिदै देउवाले आफ्नो सम्पत्तिको विषयमा सञ्चारमाध्यममा भ्रामक र झुटा प्रचार भइरहेको दाबी गरेका छन् ।

देउवाले आफ्नो र परिवारको सम्पत्तिबारे नेपालको कानुनअनुसार सार्वजनिक पदमा रहँदा सम्बन्धित निकायमा यथार्थ विवरण पेश गरिएको स्पष्ट पर्दै उनले लोकतान्त्रिक व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शिताका लागि जीवनभर संघर्ष गरेको उल्लेख गरेका छन् ।

उनले आफ्नो जीवन खुला पुस्तकजस्तै रहेको बताउँदै भ्रष्टाचारमुक्त समाज निर्माण र सुशासन कायम गर्न आफूले पहल गरेको स्मरण गराएका छन् । उनले गृहमन्त्री हुदा अख्तियारसम्बन्धी कानुन र प्रधानमन्त्री हुँदा भ्रष्टाचार निवारण ऐन लागू गरिएको विषय पनि उनले उल्लेख गरेका छन् । उनले भनेका छन्- ‘भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ ।’

देउवाले हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेको जानकारी दिँदै वास्तविकता समयसँगै स्पष्ट हुने बताउदै अतिरञ्जित विवरणका आधारमा भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् ।

#देउवा #पक्राउपुर्जी #राजनीति #नेपालराजनीति #समाचार #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

 

Nepal life insuranceimagesimagesimages