बलिवुड निर्देशक सूरज बर्जात्याको नयाँ फिल्मको छायांकन अन्तिम चरणमा

 

काठमाडौँ । बलिवुड निर्देशक सूरज बर्जात्याको नयाँ चलचित्र ‘यह प्रेम मोल लिया’को छायांकन अन्तिम चरणमा पुगेको छ । निर्माण टोलीका अनुसार अब एक साताको मात्र छायांकन बाँकी रहेको र करिब एक महिनाभित्र फिल्मको काम पूरा हुने तयारी गरिएको छ।

रिपोर्टका अनुसार अन्तिम छायांकन तालिका अप्रिलको अन्तिम साता वा मेको पहिलो सातामा हुने तय गरिएको छ । सो तालिकामा मुख्य कलाकार आयुष्मान खुराना र शर्वरी पनि सहभागी हुनेछन् ।

यो पारिवारिक कथावस्तुमा आधारित चलचित्र राजश्री प्रोडक्सन र महावीर जैन फिल्म्सको संयुक्त निर्माणमा तयार भइरहेको हो । यसअघि पनि यी दुई निर्माण संस्थाले मिलेर काम गरेका थिए र पुनः सहकार्य गरिएको जनाइएको छ ।

चलचित्रमा आयुष्मान खुराना र शर्वरीका साथै शाद रन्धावा, अनुपम खेर, सीमा पाहवा र सुप्रिया पाठकको महत्वपूर्ण भूमिका रहेको छ । छायांकनका क्रममा मुम्बईको गोरेगाउँ रेल्वे स्टेशनमा समेत दृश्य खिचिएको थियो ।

निर्देशक बर्जात्याको शैलीअनुसार यो फिल्म पारिवारिक सम्बन्ध, मूल्य र प्रेम कथामा आधारित रहेको बताइएको छ । लामो समयपछि यस्तै प्रकारको पारिवारिक मनोरञ्जनात्मक चलचित्र दर्शकले हेर्न पाउने अपेक्षा गरिएको छ ।

#सूरजबर्जात्या #बलिवुड #Bollywood #फिल्मसमाचार #MovieUpdate #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages