नागढुङ्गा सुरुङमार्ग सञ्चालन तयारी: टोल शुल्क सार्वजनिक, काठमाडाैँ प्रवेश र बाहिरिने शुल्क छुट्टाछुट्टै

 

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक गरेको छ।

मन्त्रालयले आज राजपत्रमा सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नागढुङ्गा सुरुङमार्ग खण्डमा चल्ने सवारी साधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर लिने निर्णयअनुसार दर सार्वजनिक गरेको जनाएको छ।

मन्त्रिपरिषद्ले गत साउन २६ गते उक्त निर्णय गरेको र सोही आधारमा राजपत्रमा सूचना प्रकाशित गरी दर सार्वजनकि गरिएको हो।

कुन सवारी साधनलाई कति लाग्छ शुल्क ?

मन्त्रालयले सवारी साधनलाई ४ वर्गमा विभाजन गरेर शुल्क निर्धारण गरेको छ । पहिलो वर्गमा कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीलाई राखिएको छ । यस्ता सवारी साधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ तिर्नु पर्नेछ ।

दोस्रो वर्ग अन्तर्गत मिनी बस, मिनी ट्रिपर/ट्रक रहेका छन् । यी सवारी साधनले काठमाडाैँ प्रवेश गर्दा ११५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ८० रुपैयाँ तिर्नु पर्नेछ ।

तेस्रो वर्गमा सिङ्गल रियर एक्सलयुक्त बस, ट्रक रहेका छन्। यी सवारीहरूलाई काठमाडाैँ प्रवेश गर्दा २६० रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

चौथो वर्गमा मल्टी एक्सल ट्रक र भारी उपकरण रहेका छन् । यी सवारीले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्छ।

 

663280776_1473161084358157_6317763342542222661_n

#नागढुङ्गा #सुरुङमार्ग #टोलशुल्क #काठमाडौं #नेपालसमाचार #Infrastructure #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages

अन्य समाचारहरु