अमेरिका–इरान युद्धविरामको खुसीयाली मनाउन बग्दादमा इराकीहरूको भेला

 

अमेरिका र इरानबीच भएको दुई हप्ते युद्धविराम सम्झौताको खुशीयाली मनाउन राजधानी बग्दादका सडकमा सयौं इराकीहरू उत्रिएका छन् ।

इरानी दूतावास नजिकै भेला भएको भीडले इराकी र इरानी झण्डा फहराउँदै इरानप्रति ऐक्यवद्धता जनाएका थिए ।

प्रदर्शनकारीहरूले अमेरिका र इजरायल विरोधी नाराहरू समेत लगाएका थिए । यो युद्धविरामले क्षेत्रमा बढ्दो तनावलाई कम गर्ने अपेक्षा गरिएको छ । दुवै देशका प्रतिनिधिहरूले आगामी दुई हप्तासम्म कुनैपनि सैन्य गतिविधि नगर्ने सहमति जनाएका छन् ।

बग्दादका स्थानीय बासिन्दाहरूले यस कदमलाई शान्तिको दिशामा एक सकारात्मक शुरुवातको रूपमा लिएका छन् ।

#अमेरिका #इरान #इराक #बग्दाद #युद्धविराम #MiddleEast #InternationalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages