टर्कीको सत्तारुढ दलले भन्यो— इरान र अमेरिकाबीचको अस्थायी युद्धविरामले समस्या समाधान गर्दैन

 

टर्कीको सत्तारुढ जस्टिस एण्ड डेभलपमेन्ट पार्टी ले बिहीवार इरान र संयुक्त राज्य अमेरिकाबीच स्थायी शान्तिको आह्वान गर्दै अस्थायी युद्धविरामले समस्याको समाधान नगर्ने बताएको छ ।

पार्टीको केन्द्रीय निर्णय तथा व्यवस्थापन समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता ओमेर सेलिकले उक्त टिप्पणी गर्नुभएको हो । प्रवक्ता सेलिकले क्षेत्रीय स्थिरतामा खलल पु¥याएको भन्दै इजरायलको कडा आलोचना गर्नुभयो ।

साथै उहाँले संयुक्त राज्य अमेरिकाको एकतर्फी दृष्टिकोणको पनि विरोध गर्दै अमेरिकाले इरानलाई एकतर्फी निर्देशन दिन खोजेको आरोप लगाउनु भयो । संयुक्त राज्य अमेरिका र इरानले बुधबार बिहान दुई हप्ताको युद्धविरामको घोषणा गरेका थिए ।

#टर्की #इरान #अमेरिका #युद्धविराम #कूटनीति #MiddleEast #InternationalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages