

प्रतिनिधि सभाकी नवनिर्वाचित उपसभामुख रुवीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

नवनिर्वाचित उपसभामुख ठाकुरले शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, सरकारका मन्त्री तथा सांसदहरुको उपस्थिति थियो । ठाकुर शुक्रवार मात्रै प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित हुनुभएको थियो ।






