कस्तो छ आजको मौसम पूर्वानुमान ?

 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत देशका हिमाली भू-भागमा साधारणतया बादल र बाँकी पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराईमा मौसम मूख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशको पहाडी र हिमाली भू-भाग लगातय देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, पहाडी भू-भागमा तथा कोशी प्रदेशको तराईमा आंशिक बादल लाग्ने र बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा, बाँकी हिमाली भू-भाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली भू-भाग र कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

#आजकोमौसम #मौसमपूर्वानुमान #नेपालमौसम #WeatherUpdate #NepalWeather #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD 🌤️

Nepal life insuranceimagesimagesimages