पीएम कप अन्तिम चरणमा, कस्तो छ अंक तालिका ?

 

काठमाडौं । जारी पीएम कप अन्तरिम चरणमा पुगेको छ । अब कुल आठ खेल बाँकी रहदा अंक तालिका पनि प्रतिष्पर्धा देखिएको छ ।

नेपाल क्रिकेट संघले पीएम कपका शिर्ष ६ टिमले जय ट्रफी खेल्न पाउने निर्णय गरेसँगै अब विभागीय टिमको दबदबाबाट जय ट्रफीको दायरा पनि अलि फराकिलो हुने भएको छ ।

अब बुधबारसम्मका खेलपछि पीएमको शिर्ष दुई टिम फाइनलमा पुग्ने छन् । पीएम कपको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख पाउने क्यानले जानकारी दिएको छ । पीएम कपको फाइनल खेल आगामी शुक्रबार हुने छ ।

अंक तालिकाको कुरा गर्दा अहिलेसम्म त्रिभुवन आर्मी क्लब ७ खेल खेल्दै १३ अंकसहित शिर्ष स्थानमा छ । आर्मीले अब २ खेल खेल्न बाँकी रहेको छ । आर्मीले सोमबार कोशी प्रदेशसँग र बुधबार लुम्बिनी प्रदेशसँग खेल्ने छ ।

त्यस्तै दोस्रो स्थानमा सुदूरपश्चिम प्रदेश रहेको छ । सुदूरपश्चिमको ८ खेलमा १० अंक रहेको छ र अब एक खेल खेल्न बाँकी रहेको छ । सुदूरपश्चिमले अन्तिम खेल आइतबार नेपाल पुलिस क्लबसँग खेल्ने तालिका छ ।

त्यसैगरी समान ९-९ अंकसहित नेपाल पुलिस क्लब तेस्रो, मधेश प्रदेश चौथो र एपीएफ पाँचौं स्थानमा रहेका छन् । त्यस्तै बागमती प्रदेशको ८ खेलमा ८ अंक रहेको छ र छैटौं स्थानमा छ भने लुम्बिनी प्रदेशको ६ खेलमा ७ अंक रहेको छ र सातौं स्थानमा छ । लुम्बिनी अझै ३ खेल खेल्न बाँकी रहेको छ ।

त्यस्तै गण्डकीको ७ खेलमा ५ अंक, कर्णालीको ८ खेलमा ३ र कोशी प्रदेशको ८ खेलमा एक अंक रहेको छ ।

जय ट्रफीमा ६ टिमले खेल्ने:

जय ट्रफी मेन्स इलिट कपमा आगामी संस्करणमा ६ टिमले खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी संस्करणबाट जय ट्रफीको दायरा फराकिलो बनाउने निर्णय गरेको छ ।

यसअघि प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष ४ टिमले जय ट्रफी खेल्ने गर्थे भने अब प्रधानमन्त्री कपको शीर्ष ६ टिमले जय ट्रफीमा सहभागिता जनाउने छन् । नेपाल क्रिकेट संघको आयोजनामा हुने बहुदिवसीय एक मात्र क्रिकेट प्रतियोगिताको दायरा बढाइ प्रदेश क्रिकेट टिमलाई पनि सक्दो समेट्ने प्रयास गरिएको हो ।

जय ट्रफीको लिग चरणको खेल दुई दिवसीय र फाइनल खेल तीन दिवसीय हुँदै आएको छ । नेपाललाई लामो फर्म्याट क्रिकेटमा अभ्यस्त बनाउने जय ट्रफी एक मात्र प्रतियोगिता हो ।

#पीएमकप #PMCup #क्रिकेट #अंकतालिका #नेपालक्रिकेट #प्रधानमन्त्रीकप #NepalCricket #SportsNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD 🏏 

Nepal life insuranceimagesimagesimages