नासाको आर्टेमिस–२ अभियान: चन्द्र अभियान सफल, चार अन्तरिक्ष यात्री सुरक्षित पृथ्वीमा फर्किए

 

मानव इतिहासमा झण्डै पाँच दशकपछि चन्द्रमाको यात्रामा निस्किएको नासाको आर्टेमिस–२ अभियान सफलतापूर्वक सम्पन्न भएको छ। १० दिन लामो चन्द्रमाको परिक्रमापछि चार अन्तरिक्ष यात्री सवार ओरायन क्रु क्याप्सुल नेपाली समयअनुसार शनिबार बिहान प्रशान्त महासागरमा सफलतापूर्वक खसेको (स्प्ल्याशडाउन) नासाले पुष्टि गरेको छ।

अमेरिकी नौसेनाको हेलिकप्टरबाट प्राप्त दृश्यहरूमा ओरायन क्याप्सुल सान डिएगोको तट नजिकै समुन्द्रमा तैरिरहेको देखिएको छ, जहाँ नौसेनाका टोलीहरू उद्धारका लागि तीव्र गतिका डुङ्गाहरूमार्फत अघि बढिरहेका छन् ।
ऐतिहासिक मिशनको नेतृत्व कमाण्डर रीड वाइजम्यानले गरेका थिए भने चालक दलमा पाइलट भिक्टर ग्लोभर, मिशन विशेषज्ञ क्रिस्टिना कोच र क्यानेडियन स्पेस एजेन्सीका जेरेमी ह्यान्सन सामेल थिए ।

डिसेम्बर १९७० मा एपोलो १७ पछि चन्द्रमाको यात्रा गरी पृथ्वीमा सुरक्षित फर्कने उनीहरू पहिलो मानव बनेका छन् । अवतरणपछि कमाण्डर वाइजम्यानले चालक दलका चारै जना सदस्य स्वस्थ रहेको सन्देश पठाएका छन् ।

अन्तरिक्ष यात्रीहरू क्याप्सुलबाट बाहिर निस्कनुअघि ओरायनको विद्युतीय प्रणाली बन्द गर्ने र सुरक्षाका प्राविधिक चरणहरू पूरा गर्ने काम भइरहेको छ । नौसेनाको टोलीले क्याप्सुल बाहिर एउटा विशेष इन्फ्लेटेबल प्लेटफर्म (फ्रन्ट पोर्च) बनाएर चालक दललाई बाहिर निकाल्ने तयारी गरेको छ ।

यो मिशनको सफलतासँगै नासाले सन् २०२७ मा प्रक्षेपण हुने आर्टेमिस–३ को तयारी शुरू गर्नेछ, जसको अन्तिम उद्देश्य चन्द्रमामा स्थायी उपस्थिति जनाउँदै भविष्यमा मंगल ग्रहसम्मको यात्रा तय गर्नु रहेको छ ।

#अन्तरिक्ष #चन्द्रमायात्रा #अन्तरिक्षयात्री #SpaceMission #MoonMission #ScienceNews #InternationalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD 🚀

Nepal life insuranceimagesimagesimages