इस्पोनियोलमाथि बार्सिलोनाको सहज जित

 

काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गतको खेलमा इस्पेनियोललाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले इस्पेनियोललाई ४-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा फेरान टोरेजले २ गोल गरेका थिए भने लामीन यमल र मार्कस राशफोर्डले एक एक गोल गरेका थिए ।

त्यस्तै इस्पेनियोलका लागि पोल लोजानोले एक गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाको ३१ खेलमा ७९ अंक भएको छ र शिर्ष स्थानमा कायम रहेको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको रियल म्याड्रिड भन्दा स्पष्ट ९ अंकले अगाडी भएको छ ।

त्यस्तै इस्पोनियलको ३१ खेलमा ३८ अंक रहेको छ र हाल १०औं स्थानमा रहेको छ ।

#बार्सिलोना #स्पेनिशलिग #फुटबल #Barcelona #LaLiga #FootballNews #SportsNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD ⚽

 

Nepal life insuranceimagesimagesimages