२०८२ः आगलागीबाट १०६ र सर्पदंशबाट १०१ जनाको मृत्यु, ३८ जना बेपत्ता

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

 

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले वर्ष २०८२ को वार्षिक विपद् तथ्यांक सार्वजनिक गरेको छ ।
वैशाख १ देखि चैत ३० गतेसम्मको तथ्यांकअनुसार यस वर्ष नेपालमा विभिन्न ७ हजार ७ सय १६ विपद्का घटनाहरू भएका छन् । जसमा परी ४ सय ९६ जनाले ज्यान गुमाएका छन् । यस वर्ष विपद्का कारण ३८ जना बेपत्ता भएका छन् भने १ हजार ९ सय ९१ जना घाइते भएका छन् ।

विपद्बाट देशभरका कुल १३ हजार ६ सय ९३ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । यस वर्ष सबैभन्दा बढी घटना आगलागीका भएका छन् । तथ्यांकअनुसार ३ हजार ७ सय ६८ आगलागीका घटनामा हुँदा १०६ जनाको मृत्यु भएको छ भने ५ सय ७४ जना घाइते भएका छन् । यसैगरी, सर्पदंशका ६ सय २७ घटनामा १ सय १ जनाले ज्यान गुमाएका छन्, जुन मानवीय क्षतिका हिसावले दोस्रो ठूलो कारण बनेको छ ।

मनसुनजन्य र अन्य विपद्को प्रभाव
प्राकृतिक प्रकोपमध्ये पहिरोका कारण ७६ जना र बाढीका कारण ३९ जनाको मृत्यु भएको छ । पहिरोका ६ सय २४ र बाढीका ३ सय २९ घटना यस वर्ष अभिलेख गरिएका छन् । यस्तै, चट्याङका ४ सय २६ घटनामा ४८ जनाको मृत्यु भएको छ भने ३ सय १२ जना घाइते भएका छन् । त्यस्तै जनावर आक्रमणः ५ सय १६ घटना, ५७ मृत्यु, लेक लाग्नुः १३४ घटना, ४१ मृत्यु,    भारी वर्षाः ४४९ घटना, ७ मृत्यु, हिउँ पहिरोः ६ घटना, ६ मृत्यु भएको छ ।

चैत २९ गते बिहान १० बजेदेखि चैत ३० गते बिहान १० बजेसम्मको पछिल्लो २४ घण्टामा मात्रै देशभर २९ वटा विपद्का घटनाहरू भएका छन् । यस अवधिमा लेक लागेर १ जनाको मृत्यु भएको छ भने आगलागी र अन्य घटनामा परी ७ जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै अनुमानित १५ लाख ९० हजार २ रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।
आज चैत ३० गतेको मौसम विवरण अनुसार इलामको बारफल्याङमा सबैभन्दा बढी ७.४ मि.मि. वर्षा मापन गरिएको छ । यस्तै, आजको न्यूनतम तापक्रम मनाङको हुम्देमा –०.६ डिग्री सेल्सियस र अधिकतम तापक्रम रुपन्देहीको भैरहवामा ३८.५ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । –न्युज एजेन्सी नेपाल

तस्बिर: एआई

#२०८२ #आगलागी #सर्पदंश #विपद् #नेपाल #मानवियक्षति #BreakingNews #TodayNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD 🚨

May be an image of textNepal life insuranceimagesimagesimages