नेपाल सस्तो होइन, उच्च मूल्यको आरोग्य पर्यटन गन्तव्य बन्नुपर्छः सभामुख अर्याल

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

 

सभामुख डोलप्रसाद अर्यालले नेपाललाई सस्तो गन्तव्यको रूपमा नभई उच्च मूल्य, गहिरो अनुभव र दिगो विकासमा आधारित आरोग्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ को अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

Nepal life insurance

सभामुख अर्यालले नेपाललाई ‘बजेट गन्तव्य’ को ट्यागबाट मुक्त गरी ‘प्रिमियम आरोग्य गन्तव्य’ को रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँकाअनुसार केवल पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव छैन । बरु पर्यटकले पाउने अनुभवको गहिराइ र त्यसबाट हुने आम्दानीको गुणस्तर महत्वपूर्ण हुन्छ । सभामुख अर्यालले स्पष्ट आरोग्य पर्यटकहरू सामान्य पर्यटकभन्दा बढी खर्च गर्छन् र लामो समय बस्ने बताउनु भयो ।

उनीहरू विलासिता मात्र नभइ, आत्मिक शान्ति र जीवनको अर्थ खोज्न यात्रा गर्ने बताउनु भयो । यसका लागि नेपालका हिमालय, पवित्र नदीहरू र प्राचीन योग परम्पराहरू विश्वकै लागि अद्वितीय ‘प्रोडक्ट’ हुनसक्ने उहँँको भनाइ छ । सभामुख अर्यालले विश्वभर आरोग्य पर्यटन तिब्र रूपमा विस्तार भइरहेको र यो खर्बौँ डलरको अर्थतन्त्रमा रूपान्तरण भइसकेको सन्दर्भमा नेपालसँग अपार सम्भावना रहेको औँल्याउनु भयो । पश्चिमको बडिमालिका र खप्तडदेखि कर्णालीको रारा, लुम्बिनी, मनाङ र मुस्ताङसम्मका क्षेत्रहरू आत्मिक अनुभूतिका यात्रा गर्ने गन्तव्य भएको उहाँको भनाइ छ । उहाँले प्रकृति, संस्कृति र आध्यात्मिकतालाई एकीकृत गर्दै नयाँ पर्यटन मोडेल विकास गर्नुपर्ने र यसका लागि स्पष्ट नीति, राष्ट्रिय आरोग्य मोडेल र स्थानीय समुदायको साझेदारी आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ नेपाल सरकारको प्रश्तावमा संयुक्त राष्ट्र संघको महासभाले वैशाख २ अर्थात् अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसको रूपमा औपचारिक मान्यता प्रदान गरेको छ । आजदेखि विश्वभरि मनाइने यस दिवसले मानव जीवनको समग्र कल्याणलाई अन्तर्राष्ट्रिय स्तरको मान्यता प्रदान गरेको छ । यो केवल एक दिवसको घोषणा मात्र नभई मानव सभ्यताको दिशा बदल्ने एउटा सशक्त सन्देश हो । यो मानव जीवनलाई पुनः सन्तुलित बनाउने, प्रकृतिसँग पुनः जोड्ने र आत्मिक शान्तितर्फ फर्कने सन्देश पनि हो । आरोग्यको अवधारणा केवल रोग नहुनु मात्र होइन, यो शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक, आध्यात्मिक र वातावरणीय सन्तुलनको समग्र अवस्था हो । जब शरीर स्वस्थ हुन्छ, मन शान्त हुन्छ, समाजसँगको सम्बन्ध सुदृढ हुन्छ, संस्कृति जीवित रहन्छ र वातावरण सुरक्षित हुन्छ, त्यसबेला मात्रै वास्तविक अर्थमा आरोग्य प्राप्त हुन्छ । आज विश्व अनेक चुनौतीहरूले घेरिएको छ । कतै द्वन्द्व छ भने कतै जलवायु परिवर्तनले विकराल अवस्था सिर्जना गरेको छ ।

मानसिक तनाव बढ्दो छ, जीवनशैली सन्तुलित छैन र तिब्र शहरीकरणका असरहरूले मानिसको दैनिकी नै प्रभावित बनाएको छ । यस्तो अवस्थामा आरोग्यलाई विश्वव्यापी प्राथमिकताका रूपमा स्थापित गर्नु मानवताको लागि आशाको किरण हो । नेपालको सभ्यता, संस्कृति र परम्परा आफैँमा आरोग्यका उत्कृष्ट उदाहरण हुन् । हजारौँ वर्षदेखि हामीले योग, ध्यान, आयुर्वेद, प्राकृतिक चिकित्सा र प्रकृतिसँगको सहअस्तित्वलाई जीवनको आधार बनाएका छौँ । हिमालयको काखमा अवस्थित हाम्रो मुलुक केवल भौगोलिक रूपमा मात्र होइन, आध्यात्मिक रूपमा पनि विशिष्ट छ । सगरमाथाको शिखरले हामीलाई उचाइको प्रेरणा दिन्छ, लुम्बिनीले शान्ति र करुणाको सन्देश दिन्छ, पशुपतिनाथले आध्यात्मिक ऊर्जा प्रदान गर्छ र हाम्रो गाउँबस्तीको सरल जीवनशैलीले सन्तुलित जीवन जिउन सिकाउँछ । हाम्रा हिमालहरू केवल हिउँले भरिएका चट्टान मात्र होइनन्, हाम्रा हिमालहरू ध्यान, शान्ति र आत्मानुभूतिका प्रतीक हुन् । यहाँको शीतल हावा, निर्मल पानी, हरियालीले भरिएका वन, जैविक खाद्य प्रणाली र सांस्कृतिक विविधताले मानव जीवनलाई सन्तुलित बनाउने अद्वितीय वातावरण सिर्जना गर्छन् । हाम्रा गाउँमा रहेको सहकार्यको भावना, परम्परागत ज्ञान र प्रकृतिप्रतिको सम्मान यी सबै आरोग्यका जीवन्त अभ्यास हुन् ।

आयुर्वेदले शरीर र मनको सन्तुलन सिकाउँछ, योगले आत्मा र चेतनालाई जोड्छ भने ध्यानले मनलाई शान्त बनाउँछ। हाम्रो प्रकृतिले जीवनलाई पुनर्जीवित गर्छ । आज विश्वभर आरोग्य पर्यटन तीव्र रूपमा विस्तार भइरहेको छ। यो पर्यटन उद्योग अब खर्बौँ डलरको अर्थतन्त्रमा रूपान्तरण भइसकेको छ र आगामी वर्षहरूमा अझ तिब्र रूपमा बढ्ने अनुमान गरिएको छ । आरोग्य पर्यटकहरू केवल घुम्न मात्र होइन, स्वास्थ्य, शान्ति, आत्मिक अनुभव र जीवनको अर्थ खोज्न यात्रा गर्छन् । उनीहरू सामान्य पर्यटकभन्दा बढी खर्च गर्छन्, लामो समय बस्छन् र आत्माको गहिरो अनुभव खोज्छन् ।

यस सन्दर्भमा नेपालसँग अपार सम्भावना छ । हामीसँग प्राकृतिक सौन्दर्यसँगै सांस्कृतिक धरोहरहरू छन्, आध्यात्मिक परम्परा छ र मानवीय आतिथ्यताको अनुपम सम्पदा छ । तर हाम्रो अव्यवस्थित विकास, स्पष्ट रणनीतिको अभाव, गुणस्तरको कमी र दिगोपनलाई ध्यान दिन नसक्दा हामीसँग चुनौतीका चाङ नभएका होइनन् । तर अब हामीले दिगोपनलाई आधार बनाउँदै पर्यटनलाई पुनः परिभाषित गर्नुपर्छ । केवल पर्यटकको संख्या बढाउने तिरभन्दा पनि पर्यटकलाई गुणस्तरीय अनुभव प्रदान गर्ने दिशामा अघि बढ्नुपर्छ ।

नेपाललाई सस्तो गन्तव्यको रूपमा होइन, उच्च मूल्य, गहिरो अनुभव र दिगो विकासमा आधारित आरोग्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नुपर्छ । पश्चिमको बडिमालिका र खप्तड, कर्णालीको रारा, लुम्बिनी, मनाङ, मुस्ताङ लगायतका क्षेत्रहरू केवल घुम्ने ठाउँ मात्र होइनन्, यी आत्मिक अनुभूतिका यात्रा गर्ने गन्तव्य हुन्। कर्णाली र बबई नदीमा राफ्टिङ, इलामको अन्तुडाँडाको सूर्योदयसँगै ध्यान, जैविक खानाको अनुभव र स्थानीय जीवनशैलीको घुलमिल—यी अनुभवहरूले पर्यटकलाई केवल मनोरञ्जन मात्र होइन, मानसिक शान्ति र आत्मिक सन्तुष्टि प्रदान गर्छन् ।हामीले प्रकृति, संस्कृति र आध्यात्मिकतालाई एकीकृत गर्दै नयाँ पर्यटन मोडेल विकास गर्नुपर्छ । यही मोडेलले नेपाललाई विश्व बजारमा विशिष्ट बनाएको छ । हामीले छिमेकी मुलुकहरूको अनुभवबाट पनि सिक्नुपर्छ । पर्यटन प्रवद्र्धनका लागि नवीन सोच र योजना आवश्यक छ ।

दिगोपनमा आधारित पूर्वाधार र सांस्कृतिक सम्पदाको संरक्षण—यी सबै दीर्घकालीन रणनीतिका आधार हुन्। पर्यटनलाई केवल व्यापार होइन, राष्ट्रिय पहिचान र गौरवको विषयका रूपमा हेर्नुपर्ने समय आएको छ । अब हाम्रा नीति, रणनीति, योजना र ती योजना सही कार्यान्वयनको दिशामा अघि बढ्नुपर्छ । यसका लागि हाम्रा नीतिहरू स्पष्ट हुनुपर्छ।

हामीले राष्ट्रिय आरोग्य मोडेल निर्माण गर्नुपर्छ । दिगोपन र गुणस्तरमा आधारित प्रणाली लागू गर्नुपर्छ । स्थानीय समुदायलाई पर्यटन बुझाएर उनीहरूलाई पर्यटनका साझेदार बनाउनुपर्छ। मानव संसाधन विकासमा लगानी गर्दै सेवामा सुधार गर्नुपर्छ। पूर्वाधार विकासमा वातावरणीय सन्तुलनलाई ध्यान दिनुपर्छ र सबैभन्दा महत्त्वपूर्ण नीतिमा निरन्तरता र प्रतिवद्धता सुनिश्चित गर्नुपर्छ ।’ 

नेपाल सरकारको प्रश्तावमा संयुक्त राष्ट्र संघको महासभाले वैशाख २ (अप्रिल १५) लाई आरोग्य दिवसको रुपमा मान्यता दिनु ऐतिहासिक उपलब्धि भएको बताउनु भयो । यो दिवस केवल घोषणा मात्र नभई मानव जीवनलाई पुनः सन्तुलित बनाउने, प्रकृतिसँग जोड्ने र आत्मिक शान्तितर्फ फर्कने एउटा गौरवमय क्षण भएको बताउनु भयो । नेपालको सभ्यता, संस्कृति र परम्परा आफैमा आरोग्यका उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै सभामुखले हजारौँ वर्षदेखि योग, ध्यान, आयुर्वेद र प्रकृतिसँगको सह–अस्तित्वलाई नेपालीले जीवनको आधार बनाएको बताउनु भयो ।

#NepalTourism #HealthTourism #AarogyaTourism #SpeakerAryal #TourismNepal #VisitNepal #WellnessTourism #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD 🇳🇵🌿

 

May be an image of textNepal life insuranceimagesimagesimages