मिथिलाको जुड शीतलः प्रकृति, माटो र सामाजिक सद्भावको अनुपम उत्सव

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

 

मिथिला र मधेस आज जुड शीतल पर्व मनाइँदैछ ।  मिथिला र मधेस क्षेत्रमा मनाइने चाडपर्वहरू प्रकृति, सामाजिकता, भाइचारा र सहअस्तित्वको अभ्याससँग गहिरोसँग जोडिएका छन् । छठ, चौरचन र होली जस्तै ‘जुड शीतल’ पनि प्रकृतिसँग नजिक भएर मनाइने एक महत्वपूर्ण पर्व हो ।

नयाँ वर्षको दोस्रो दिन मनाइने यस पर्वमा उमेरमा सानाहरूलाई ठूला–बडाले टाउकोमा पानी खन्याएर आशीर्वाद दिने र अनुहारमा माटो लगाएर खुशी साटासाट गर्ने परम्परा छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाकाअनुसार अनुहारमा लगाइने माटोले कुनै जात, लिङ्ग वा धर्म भन्दैन, यसले केवल सिङ्गो समाजलाई बुझाउँछ । यो पर्वले सामाजिक सद्भाव र समानताको सन्देश दिन्छ । गर्मीयामको शुरुवातसँगै इनार, पोखरी र तलाउहरू सफा गर्ने र जल सञ्चय गर्ने उद्देश्य यस पर्वले बोकेको छ ।

स्थनीयहरुकाअनुसार प्रकृतिसँगको सम्बन्धलाई नवीकरण गर्ने यो एक उत्सव पनि हो । जनकपुरधामको माटोको आफ्नै ऐतिहासिक गरिमा छ । यही माटोबाट माता सीताको उत्पत्ति भएको थियो । जसका कारण यहाँका बासिन्दाहरू आफूलाई गौरवान्वित महशुस गर्छन् । हजारौँ वर्षदेखि चलिआएको यो संस्कृति केही समय ओझेलमा परे पनि विगत ७–८ वर्षदेखि यसलाई पुनः संस्थागत रूपमा प्रवद्र्धन गर्न थालिएको उनीहरु बताउँछन् ।

जीव पञ्चतत्व (पृथ्वी, जल, तेज, वायु र आकाश) बाट बनेको मानिन्छ । माटोले शरीरलाई शीतलता प्रदान गर्ने भएकाले बढ्दो गर्मीबाट बच्न यसको विशेष महत्व छ । पहिले–पहिले यसलाई ‘धुर्खेल’ (धुलो वा माटोको खेल) पनि भनिन्थ्यो । विशेष गरी ससुराली वा आफन्तको घरमा जाँदा कादो–माटोले खेलेर रमाइलो गर्ने चलन थियो ।

पूर्खाहरूले घर–घरमा सबैलाई ‘जुडाउने’ (शीतल बनाउने) काम गर्दथे । हाम्रो आयु तिमीलाई लागोस् भन्दै ठूला–बडाले तिल मिसाएको जलले टाउकोमा अभिषेक गर्ने परम्पराले आत्मीयता र आशीर्वादको महत्वलाई झल्काउँछ ।

 

May be an image of textNepal life insuranceimagesimagesimages