सर्वोच्चको आदेशपछि पार्टीलाई एकताबद्ध बनाउने वातावरण बन्यो- सभापति थापा

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

 

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको निर्णयले पार्टीलाई एकताबद्ध बनाउँदै फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको बताएका छन् ।

सभापति थापाले सर्वोच्च अदालतको निर्णयले पार्टीका सबैलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाउदै यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय भएको टिप्पणी गरेका छन् ।

सर्वोच्च अदालतले काँग्रेसको देउवा पक्षले दायर गरेको रिट खारेज गर्दै थापा नेतृत्वलाई आधिकारिकता प्रदान गरेपछि सभापति थापाको प्रतिक्रिया आएको हो ।

उनले पार्टीका सदस्य र शुभेच्छुकहरू, देशभित्र वा बाहिर जहाँ भए पनि, अब आ-आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका हुने विश्वास व्यक्त गर्दै पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठुलो जिम्मेवारी आफ्नो भएको र आफु त्यसअनुसार सक्रिय रूपमा लाग्ने बताएका छन् ।

सभापति थापाले पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको बताउदै  महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्न समेत आव्हान गरेका छन् ।

अग्रजहरूको योगदानको सम्मान गर्दै, नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने पार्टी बनाउन अब सबै एक ढिक्का भएर अघि बढ्न समेत आव्हान गरेका छन् ।

 

May be an image of textNepal life insuranceimagesimagesimages