स्थानीय तहको संख्या, सीमाना र वर्गीकरण हेरफेर बारे सरकारले माग्यो सुझाव

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

 

काठमाडौँ । सरकारले स्थानीय तहको संख्या, सीमाना हेरफेर र वर्गीकरणको बारे सुझाव मागेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समिति, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई पत्राचार गर्दै सुझाव माग गरेको हो ।

त्यस्तै मन्त्रालयले जिल्ला समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघलाई बोधार्थ दिदै सहजिकरणको लागि आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३, ५, ६, ७ र ८ को व्यवस्था बमोजिम गाउँपालिका तथा नगरपालिका, वडाको संख्या तथा सिमाना हेरफेर, गाउँपालिका र नगरपालिका एक आपसमा गाभिने र नगरपालिकाको विद्यमान बर्गीकरणमा पुनराबलोकन गर्न प्ररम्भिक मस्यौदा तयार भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहले तोकिएको मापदण्डका आधारमा स्थानीय तहले प्रस्ताव पेश गर्ने, प्रदेशले सिफारिस गर्ने र मन्त्रालयले सिफारिसको अध्ययन गरेर मन्त्रिपरिषदको बैठकमा पेश गर्न बताएको छ । सरकारले स्थानीय तहलाई कानुनी अभिलेखको अध्ययन, स्थलगत अध्ययन र अवलोकन, उपलब्ध तथ्य तथ्यांकको विश्लेषण, स्थानीयसँगको छलफल, राजनीतिक दल र नागरिक समाजसँग अन्तरक्रिया, विज्ञसँग परामर्श गरेर निर्णय लिन आग्रह गरेको छ ।

त्यस्तै सीमान हेरफेर वडाको संख्या हेरफेर, स्थानीय तह गाभिने विषयमा अध्ययन गर्न हरेक जिल्लामा जिल्ला समन्वय समितीका प्रमुख संयोजक रहेको समिति बनाइएको छ । जसमा सम्बन्धित स्थानीय तहका उपप्रमुख, सहायक जिल्ला प्रमुख अधिकारी, नापी प्रमुख, प्रमुख प्रशासकीय अधिकृत सदस्य रहने व्यवस्था गरिएको छ ।

सो सम्बन्धमा कुनै राय सुझाव भए मन्त्रालयको इमेल ठेगानामा तीन दिनभित्र उपलब्ध गराईदिन मन्त्रालयले आग्रह गरेको हो ।

 

May be an image of textNepal life insuranceimagesimagesimages