अर्घाखाँचीका स्थानीय तहको कार्यप्रगति समीक्षा सम्पन्न, समन्वय र प्रभावकारी सेवा प्रवाहमा जोड

 

-अनिल नेपाली, अर्घाखाँची डट्कम 

अर्घाखाँची, १९ अप्रिल २०२६ — जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजनामा जिल्लाका स्थानीय तहहरूको गत आर्थिक वर्षको कार्यप्रगति सम्बन्धी समीक्षा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रतिनिधि सभा सदस्य हरिप्रसाद भुसाल सहित जिल्लाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा विभिन्न शाखाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

May be an image of temple, hospital and text

समीक्षा कार्यक्रममा गत आर्थिक वर्षमा सम्पन्न योजनाहरूको समग्र मूल्याङ्कन गर्दै चालु आर्थिक वर्षको प्रगति, उपलब्धि र चुनौतीबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले विकास निर्माणका काममा देखिएको ढिलासुस्ती, बजेट कार्यान्वयनमा समस्या, जनशक्ति अभाव तथा प्राविधिक कठिनाइबारे अनुभव साझा गरेका थिए।

May be an image of one or more people

साथै, सेवा प्रवाहलाई प्रभावकारी बनाउने, पारदर्शिता कायम गर्ने र जनउत्तरदायी शासन प्रणाली सुदृढ गर्ने विषयमा विशेष जोड दिइएको थियो।

कार्यक्रममा बोल्दै सांसद भुसालले अर्घाखाँचीको नरपानीस्थित चुनढुंगा खानीले नक्कली कागजातका आधारमा सञ्चालन भएको भन्ने सूचना आएको उल्लेख गर्दै सत्यतथ्य बुझेर मात्र सञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गरे।

May be an image of hospital, temple and text

उनले स्थानीय तहहरूलाई योजना समयमै सम्पन्न गर्ने, बजेट खर्च दर बढाउने तथा स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई प्राथमिकतामा राख्न सुझाव दिएका थिए।

May be an image of one or more people and people studying

कार्यक्रममा कृष्णप्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए। साथै, छ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले गत र चालु आर्थिक वर्षको बजेट कार्यान्वयन अवस्थाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए।

May be an image of one or more people and people studyingimages

कार्यक्रमको निष्कर्षस्वरूप संघीय, प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्यलाई अझ सुदृढ गर्दै विकास निर्माणका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिबनारायण कोइरालाले जानकारी दिए। कार्यक्रम जिल्ला समन्वय समितिका कर्मचारी विनोद कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो।

 

Nepal life insuranceimagesimagesimages