मलेसियाको सबामा भीषण आगलागीः १ हजार घर जलेर नष्ट, ९ हजार भन्दा बढी बासिन्दा प्रभावित

मलेसियाको उत्तरी बोर्नियो राज्य सबाको एक तटीय गाउँमा आईतवार बिहान भएको भीषण आगलागीमा झन्डै १ हजार घर जलेर नष्ट भएका छन् । यस घटनाबाट ९ हजार भन्दा बढी बासिन्दा प्रभावित भएको मलेसियाली अधिकारीहरूले जानकारी दिएका छन् ।

सान्दाकन जिल्लाका अग्नि नियन्त्रण प्रमुख जिमी लागुङले ‘बर्नामा’ समाचार एजेन्सीसँग कुरा गर्दै आगो ४ हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको बताए ।

उनले भाटाको समय भएकाले अग्नि नियन्त्रणका लागि पर्याप्त खुल्ला जलस्रोत जुटाउन कठिनाइ भएको जानकारी दिए । सान्दाकन नगरपालिकाका अध्यक्ष वाल्टर केन्सनकाअनुसार निरीक्षणका क्रममा प्रभावित क्षेत्र बसोबासका लागि असुरक्षित पाइएपछि नगरपालिकाले यस घटनालाई विपद् घोषणा गरेको छ ।

Nepal life insurance

अग्नि नियन्त्रण प्रमुख जिमी लागुङकाअनुसार आगलागी स्थानीय समयअनुसार मध्यरात १ः३२ बजे शुरु भएको थियो भने दिउँसो १२ बजे मात्र नियन्त्रणमा आएको थियो । यस घटनामा कुनैपनि मानवीय क्षतिको खबर आएको छैन । स्थानीय प्रशासनले प्रभावित बासिन्दाहरूका लागि अस्थायी आश्रयस्थलको व्यवस्था मिलाउन शुरु गरेको छ ।

 

Nepal life insuranceimagesimagesimages