गंगोत्री–यमुनोत्री धामका कपाट खुल्योः चारधाम यात्रा सुरु

 

बैशाख ७ गते। भारतको उत्तराखण्डस्थित गंगोत्री र यमुनोत्री धामका कपाट आइतबार विधिवत रूपमा खोलिएका छन्।

कपाट उद्घाटन कार्यक्रममा उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी सहभागी भएका थिए। उद्घाटन अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका नामबाट पहिलो पूजाअर्चना गरिएको थियो। यससँगै चारधाम यात्रा २०२६ को औपचारिक सुरुआत भएको छ।

यमुनोत्री धामका कपाट अक्षय तृतीयाको पावन अवसरमा दिउँसो १२ः३५ बजे भक्तजनका लागि खोलिएको हो। अब आगामी ६ महिनासम्म श्रद्धालुहरूले धाममा दर्शन गर्न सक्नेछन्।

यसअघि माता यमुनाको शीतकालीन बसोबासस्थल खरसाली खुशीमठ० बाट परम्परागत बाजागाजासहित उत्सव डोली यात्रा यमुनोत्रीतर्फ प्रस्थान गरेको थियो, जसमा ठूलो संख्यामा भक्तजन सहभागी भएका थिए।

Kedarnath Dham,Chardham Yatra: गंगोत्री-यमुनोत्री धाम के कपाट 30 अप्रैल को खुलेंगे, इसी दिन से चारधाम यात्रा शुरू हो जाएगी - doors of gangotri yamunotri dham will open on april 30 ...

कपाट खुल्नुअघि शनिबार विभिन्न चरणमा गंगोत्री र यमुनोत्री धामतर्फ ६ हजारभन्दा बढी तीर्थयात्री पुगेका थिए। जिल्ला आपतकालीन व्यवस्थापन नियन्त्रण कक्षका अनुसार पहिलो दिनका लागि भने १२ हजारभन्दा बढी तीर्थयात्रीले दर्ता गराएका थिए।

तथ्यांक अनुसार यमुनोत्री धामका लागि करिब ३२०० तीर्थयात्री विभिन्न स्थानमा पुगेका थिए भने गंगोत्री धामका लागि २ हजारभन्दा बढी तीर्थयात्री आएका थिए। कपाट उद्घाटनको पहिलो दिन यमुनोत्रीमा १० हजार ८५६ र गंगोत्रीमा १ हजार ४९६ जनाले दर्ता गराएका थिए। यसरी दुवै धाममा पहिलो दिन कुल १२ हजार ३५२ तीर्थयात्रीको पञ्जीकरण भएको जनाइएको छ।

#CharDham #Gangotri #Yamunotri #Pilgrimage #HinduFestival #Travel #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

Nepal life insuranceimagesimagesimages