गृहमन्त्री गुरुङ बारे सरकारले आफ्नो धारणा तत्काल सार्वजनिक गरोस- राजेन्द्र लिङदेन

 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री सुधन गुरुङ बारे सरकारले आफ्नो धारणा तत्काल सार्वजनिक गर्नुपर्ने माग गरे ।

सोमबार सांसदहरूसँगको बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले  सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसम्बद्ध कम्पनीमा गृहमन्त्री गुरुङको साझेदारी भेटिएको बारे सरकारले आफ्नो धारणा तत्काल सार्बजनिक गर्न माग गरेका हुन् ।

उनले भने- ‘अहिले प्रारम्भमा नै जुन किसिमका समाचारहरु बाहिर आइरहेका छन् । त्यसको बारेमा सरकारले तत्काल आफ्नो धारणा प्रष्ट पार्नुपर्छ । गृहमन्त्रीले आफ्नो पोशिजन क्लियर गर्नुपर्छ । पार्टी सभापतिले गृहमन्त्रीको बारेमा आफ्नो पोजिशन क्लियर गर्नुपर्छ ।’

 

Nepal life insuranceimagesimagesimages