चितवनमा छन्ददिवस भव्य रूपमा सम्पन्न, दुई कृतिको लोकार्पणसहित साहित्यिक उत्सव


भरतपुर, चितवन। मिति २०८३ साल बैशाख ८ गते फोरसिजन पार्टी प्यालेसमा छन्दकाव्य प्रतिष्ठान नेपाल, चितवनको आयोजनामा छन्ददिवस २०८३ विशेष समारोह भव्य रूपमा सम्पन्न भएको छ। प्रतिष्ठानको बाह्रौं वार्षिकोत्सव तथा छन्ददिवसको अवसरमा आयोजित कार्यक्रममा साहित्यिक वातावरण झनै सशक्त बनेको थियो।

कार्यक्रममा प्रतिष्ठानका सचिव विदुर अधिकारीको काव्यकृति “हे बुद्ध आऊ अब” र कोषाध्यक्ष होमनाथ घिमिरेको खण्डकाव्य “अग्निसागर” को लोकार्पण गरिएको हो। साथै प्रतिष्ठानद्वारा प्रकाशित मुखपत्र “शिखरिणी (मालिनी छन्द)” विशेष अंक पनि विमोचन गरिएको छ।

May be an image of ‎temple and ‎text that says "‎दर्ता ส่.: בג/ם/י ८१/८੨ SlTE छन्द-कात्य प्रतिष्ठान नेपाल भरतपुर माहानगरपालिका 90, चितवन १શ औ वार्षिकोत्सव तथा कृति लोकार्पण कार्यकम अम्निसागर () PraRuit हीनगायधिमिरे हीननय हे बुद्ध आऊ आऊअय अय समय: दिनको ၇၃:၃၀ बजे สตูกชเต मिति: २०८३ बैशाख 20 गते, मंगलवार स्थान: फोर सिजन पार्टी प्यालेस, भरतपुर-, चितवन आयोजक: छन्द काट्य प्रतिष्ठान नेपाल भरतपुर 90, चितवन‎"‎‎

प्रतिष्ठानका अध्यक्ष लकाश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष डा. नारायणप्रसाद खनाल प्रमुख अतिथि रहनुभएको थियो। गैंडाकोट प्रज्ञा प्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी र वरिष्ठ साहित्यकार केशवराज आमोदी विशिष्ट अतिथि रहनुभएको थियो।

May be an image of dais and text that says "CO রा छन्द- कात्य प्रतिष्ठान नेणाल भरतपर माहानतरपालिका 90 चितवस १શ ओ वा्षिकोत्सव कृति लोकारपण कार्यक्म अभसागर PraRolr e MSURE 4 SEASONS P'STAURANT&PART/VENUE R STAURANT& & PARTY PARTYVENUE VENUE नने ममलवार ल. भरतपुर-ष. विनवत"

विमोचित कृतिहरूको समीक्षात्मक टिप्पणी डा. धनेश्वर भट्टराईले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा विभिन्न स्रष्टाहरूले कृतिबाट कविता वाचन गरी कार्यक्रमलाई थप रोचक र सुमधुर बनाएका थिए।

कार्यक्रममा कवि–साहित्यकारहरू कल्पना अधिकारी भट्टराई, सूर्यमणि रेग्मी, कृष्णप्रसाद पोखरेल, हरि ढकाल, शोभा अधिकारी, स्मृति सापकोटा लगायतका थुप्रै स्रष्टाहरूले शुभकामना मन्तव्य तथा रचना वाचन गरेका थिए।

कार्यक्रममा कपिल अज्ञात, लीलाधर पौडेल, हरिप्रिया रिजाल, रमेश प्रभात, तुलसी पण्डित, रमाकान्त सापकोटा, चिरञ्जीवी दहाल, उदय अधिकारी लगायतका दर्जनौँ स्रष्टाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

May be an image of dais, temple and text that says "छन्द -काव्य प्रतिष्ठान नेपाल भरतपूर माहानजरपालिका १શ औ वार्षिकोत्सव 90. विलवल कृति लोकार्पण สบ कार्यकम अमिसागर 日和0 1:30 बੜे मिनि: 30z3 वैराख स्थान: स्थानरनिसाटी फोर সরन पाटी सलवार पर-ष्. बिनवन आदीजन: 電代 mTcMΣ सेशाल सरजदर विहसस"

टङ्कराज ढकाल “तितेपाती” ले शङ्खनाद गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो भने प्रमुख अतिथिले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो। कार्यक्रम विष्णु तिवारी “उषा” ले सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष राजेन्द्र घायलले स्वागत मन्तव्य दिनुभएको थियो।

समग्रमा छन्ददिवस २०८३ साहित्य, छन्द र सिर्जनाको उत्सवका रूपमा भव्य, सुसंस्कृत र ऐतिहासिक रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

#छन्ददिवस #चितवन #साहित्य #कविता #लोकार्पण #छन्दकाव्य #नेपाल #भरतपुर #स्रष्टा #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

Nepal life insuranceimagesimagesimages