हाम्रै आँखा अगाडी कम्युनिष्ट आन्दोलन ओरालो लाग्यो, यसलाई फेरि उठाउनुपर्छः माधव नेपाल

 

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेपालबाट कम्युनिष्ट आन्दोलन ओरालो लागेको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रममा उहाँले आफूहरुकै अगाडी कम्युनिष्ट आन्दोलन ओरालो लागेको बताउनुभएको हो ।

उहाँले कम्युनिष्ट आन्दोलनलाई फेरि माथी उठाउन नयाँ शीराबाट काम गर्नुपर्ने बताउनु भयो । यसका लाग कम्युनिष्ट पार्टीहरुले आफूभित्र गम्भिर समिक्षा तथा आत्ममूल्यांकन गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले नेपालमा हालै भएको प्रतिनिधि सभा सदस्यको निर्वाचन परिणामले कम्युनिष्ट पार्टीलाई ठूलो धक्का दिएको उल्लेख गर्नुभयो ।

उहाँले राजनीतिक जीवनमा उतारचढाव स्वाभाविक भएको उल्लेख गर्दै पराजयलाई सहज रूपमा लिनुपर्ने बताउनु भयो । निर्वाचनमा पराजय हुँदैमा आत्तिनेहरूले जित हासिल गर्न नसक्ने उहाँको भनाई छ । उहाँले कम्युनिष्ट आन्दोलनलाई पुनर्जीवित गर्न नयाँ ऊर्जा र दृष्टिकोण आवश्यक रहेको औंल्याउँदै फेरि उठेर अघि बढ्न कार्यकर्तालाई आह्वान गर्नुभयो ।

 उहाँले भन्नुभयो, ‘हामीले हेर्दाहेर्दा कम्युनिष्ट आन्दोलन ओरालो लागेको छ । यसपटकको निर्वाचनमा अप्रत्याशित रुपको परिणाम सामना गर्नुपरेको छ, ठुलो धक्का खानु परेको छ । यसको हामीले विश्लेषण गर्ने कि नगर्ने ? हाम्रो कमजोरीको बारेमा छलफल चलाउने कि नचलाउने ? हाम्रा कमी कमजोरीहरुको खुला छलफल गर्नुपर्ने आवश्यक्ता छ । राजनीतिक जीवनमा उकालो ओरालो आउँछ, यसलाई सबैले आत्मासाथ गर्नुपर्छ । कहिले सफलता कहिले पराजय हुन्छ । पराजय हुने वित्तिकै, हार हुने वित्तिकै आत्तिनेहरुले जीत हासिल गर्न सक्दैन । त्यसो भएको हुनाले जीतको लागी फेरि नयाँ शीराबाट उठेर अगाडी बढ्नुपर्छ ।’

उहाँले चीनीयाँ कम्युनिष्ट पार्टी र विश्व कम्युनिष्ट आन्दोलनमा पनि विभिन्न उताडचडापहरु आएको उल्लेख गर्नुभयो । धरापमा परेको चीनियाँ कम्युनिष्ट पार्टीलाई माओत्से तुङले पुनर्जीवित गरेको उल्लेख गर्दै उहाँले नेपालको कम्युनिष् आन्दोलनलाई पुनर्जीवित गर्न सकिने बताउनुभयो ।

#माधवनेपाल #कम्युनिष्टआन्दोलन #राजनीति #नेपाल #भाषण #विचार #पार्टी #समाचार #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

Nepal life insuranceimagesimagesimages