ग्लोबल आइएमई लघुवित्तद्वारा मानवीय सहयोग: अमराईमा १ लाख बीमा रकम हस्तान्तरण, मृतक परिवारलाई आर्थिक सहारा

 

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अमराई, अर्घाखाँचीले आफ्ना सदस्यको निधनपछि बीमा रकम हस्तान्तरण गरेको छ। केन्द्र नं. ०९३.०६४.०२.५ की सदस्य हरिकला कामीका श्रीमान टेक बहादुर कामीको मिति २०८२/१२/०३ गते असामयिक निधन भएपछि संस्थाले गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै बीमा सुविधा वापत रु. १ लाख रकम हस्तान्तरण गरेको हो।

कर्जा लिँदा गरिएको बीमा व्यवस्था अनुसार उक्त रकम शाखा प्रमुख भिम बहादुर बोहराको रोहवरमा मृतककी श्रीमती हरिकला कामिलाई प्रदान गरिएको थियो। कार्यक्रममा बुद्धिजीवी, कर्मचारी, केन्द्र प्रमुख, सदस्य तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले संस्थाको सामाजिक उत्तरदायित्वप्रति प्रशंसा व्यक्त गरेका थिए। संस्थाले आफ्ना सदस्यहरूको आर्थिक सुरक्षा र सामाजिक संरक्षणलाई प्राथमिकतामा राख्दै यस्ता सहयोगमूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ।

#Arghakhanchi #Amarai #Microfinance #Insurance #Support #SocialWork #LocalNews #Nepal #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

Nepal life insuranceimagesimagesimages